Advertisement
![]() |
काठमाडौं – ‘नेपालमा रोजगारीका
अवसर कम छ, अवसरहरु नै छैनन्, जागिर
भएपनि तलब कम छ’ यस्तो गुनासो
गर्नेहरुको संख्या निकै नै बढी छ । र, यो धेरै
अर्थमा साँचो पनि हो । तर, नेपाल भित्रै
यस्ता केहि कम्पनी वा संघसंस्था छन्, जसले
आफ्ना कर्मचारीलार्ई दिने तलब निकै नै
लोभलाग्दो छ ।
नेपालका विभिन्न
क्षेत्रमा अब्बल ठहरिएका केहि कम्पनी
तथा संस्थाले आफ्ना कर्मचारीहरुलार्ई
तलब, सुबिधा, बोनसका नाममा राम्रो
तलब सुबिधा दिने गरेका छन् ।
कर्पोरेट क्षेत्रमा एनसेल :
नेपाली कर्पोरेट क्षेत्रमा आफ्ना
कर्मचारीहरुलार्ई सबैभन्दा बढी तलब दिने
संस्था हो एनसेल । एनसेलमा तल्लो तहदेखि
उपल्लो तहसम्म काम गर्ने कर्मचारीको
तलब निकै नै लोभलाग्दो छ ।
एनसेलमा ‘कस्टुमर केयर’ देखि
ब्यबस्थापकसम्म सबैको तलब निकै नै
लोभलाग्दो छ । एनसेलमा ‘कस्टुमर केयर’ मा
दैनिक ३ घण्टामात्र काम गर्नेको औसत
मासिक कमाइ १८ हजार भन्दा माथि छ ।
जबकी १८ हजार कमाउन ‘फुलटाइम’ काम
गर्नुपर्ने कम्पनी नेपालमा निकै नै बढी छन् ।
अझ एनसेलमा उपल्लो तहका कर्मचारीको
तलब झन् लोभलाग्दो छ । वित्तीय
व्यवस्थापन, बजार ब्यबस्थापन, लेखा
लगायतका विभागका प्रमुखहरुले एनसेलमा
निकै राम्रो कमाइ गर्छन् । उनीहरुको तलब
विभाग हेरेर १ देखि ३ लाखसम्म छ भने अरु
थुप्रै सुविधाहरु पनि कम्पनीले दिएको छ ।
कम्पनीले बाँढ्ने बोनसको रकम अझ मोटो
हुने गर्दछ । यसरी कम्पनीले दिएको सम्पूर्ण
रकम र सुविधाहरुको हिसाव गर्ने हो भने
नेपालमा कर्पोरेट क्षेत्रमा सबैभन्दा
राम्रो तलब दिने कम्पनी एनसेल रहेको
सरोकारवाला बताउँछन् ।
बैंकिङ क्षेत्रमा स्ट्याण्डर्ड चार्टड :
नेपाली बैंकिंङ क्षेत्रमा आफ्ना
कर्मचारीलार्ई अरु बैंकहरुले भन्दा निकै नै
राम्रो तलब सुबिधा दिने संस्था भनेको
स्ट्याण्डर्ड चार्टड बैंक हो । यसो त
बैंकलाई राम्रो तलब सुबिधा दिने
संस्थाको रुपमा चिनिन्छ । तर, धेरै बैंकको
हकमा उपल्लो तहका कर्मचारीको तलब
निकै राम्रो भएपनि तल्लो तहका
कर्मचारीको तलब औसत मात्र छ ।
स्ट्याण्डर्ड चार्टड बैंकमा भने तल्लो तहमा
काम गर्ने कर्मचारीको तलब सुबिधा पनि
निकै राम्रो छ । स्ट्याण्डर्ड चार्टड बैंकमा
सीईओको बार्षिक तलब २ करोड
हाराहारीमा छ भने सीईओलाई दिईने अन्य
सुबिधा पनि निकै राम्रो छ ।
स्ट्याण्डर्ड चार्टड बैंकमा काम गर्ने
ट्रेलरको तलब पनि ३० हजार हाराहारीमा
छ । बैंकमा ब्यबस्थापन तहमा काम गर्ने
कर्मचारीको तलब पनि निकै लोभलाग्दो
छ । विभिन्न विभागका ब्यबस्थापन
प्रमुखहरुको तलब मासिक ३ लाख
हाराहारीमा छ । ति विभागमा काम
गर्ने अन्य कर्माचारीको तलब सुबिधा पनि
निकै राम्रो छ ।
होटल क्षेत्रमा हायत रेजेन्सी :
राम्रो तलब सुबिधा दिने संस्थाहरुमा पाँच
तारे होटल पनि एक हो । होटलमध्ये पनि
‘अन्तराष्ट्रिय चेन’ होटल भएकाले होटल
हायत रेजेन्सीले आफ्ना कर्मचारीलार्ई
दिने तलब सुविधा निकै नै राम्रो छ ।
व्यवस्थापन विभागतर्फ काम गर्ने
कर्मचारीको औसत तलब झन्डै ४ लाखभन्दा
माथि छ । होटलमा काम गर्ने कुक, वेटर,
हाउसकीपीङमा काम गर्ने कर्मचारी र
अन्य कर्मचारीले नेपालका नयाँ होटलको
तुलनामा निकै राम्रो तलब पाउने गरेका
छन् ।
अझ होटलको क्यासिनोमा कार्यरत
कर्मचारीहरुको तलब त झनै लोभलाग्दो छ
। क्यासिनोमा काम गर्ने महिला, बार
टेन्डरहरुको तलब पनि बोनस सहित झन्डै
लाख रुपियाँ मासिक हुन आउँछ । ‘होटल
तथा क्यासिनोमा भने पाहुनाहरुले दिने
टिप्स बढी हुने भएकाले र त्यसमा पनि बढी
बिदेशी मुद्रा हुने हुनाले कुल तलब बढी
आएको हो ।
गैर सरकारी संस्थाहरुमा ‘सेभ द चिल्ड्रेन’:
नेपालमा काम गर्ने विभिन्न गैर सरकारी
संस्थाहरुमध्ये सबैभन्दा राम्रो तलब सुबिधा
दिने गैर सरकारी संस्था भनेको ’सेभ द
चिल्ड्रेन’ हो । यस संस्थामा काम गर्ने
सवारी चालकदेखि लेखा अधिकृत, वा
प्रोजेक्ट ब्यबस्थापकसम्मको तलब निकै नै
लोभलाग्दो छ ।
‘मैले सेभ द चिल्ड्रेनमा कम्प्युटर अपरेटर भएर
एक बर्ष काम गरें । मेरो औसत मासिक तलब
झन्डै ९० हजार थियो ।’ सेभ द चिल्ड्रेनका
एक भूपु कर्मचारीले राटोपाटीलार्ई बताए
। उनका अनुसार, लेखा, लेखापरिक्षण,
प्रोजेक्ट संचालन जस्ता विभागमा काम
गर्ने सामान्य कर्मचारीको मासिक तलब नै
१ लाखभन्दा माथि हुन्छ ।
संस्थामा काम गर्ने उपल्लो तहका
कर्मचारीहरुको तलब मासिक ४ लाखभन्दा
बढी हुन्छ । आफु हाल अर्को एक
गैरसरकारी संस्थामा काम गरेको बताउने
उनले नेपालमा गैरसरकारी संस्था मध्ये
सबैभन्दा बढी तलब दिने संस्था सेभ द
चिल्ड्रेन भएकोमा दुइ मतनै हुन नसक्ने
जिकिर गरे ।
शिक्षा क्षेत्रमा चेल्सी इन्टरनेश्नल :
नेपाली शिक्षा क्षेत्रमा निकै नै राम्रो
तलब सुविधा दिने संस्थाहरुमध्ये
काठमाडौँको चेल्सी इन्टरनेश्नल स्कुल तथा
कलेज अगाडी आउँछ । हुन त काठमाडौँका
सेट जिभियर्स, सेट मेरिज, जेम्स, लिटिल
एन्जल्स, राइ इन्टरनेशनल, मोर्डन इन्डियन
लगायतका संस्थाहरुले पनि आफ्ना
कर्मचारीलार्ई निकै नै राम्रो तलब
सुबिधा दिने गरेका छन् । तर, ति
संस्थाहरुमध्ये पनि चेल्सीले आफ्ना
कर्मचारीलार्ई दिने तलब बढी छ ।
चेल्सीमा कर्मचारीहरुले पाउने तलब
बाहेकका सुविधा पनि अरुको तुलनामा
बढी छ । चेल्सीमा ‘फुलटाइम’ अध्यापन
गराउने शिक्षकको तलब नै बार्षिक रुपमा
बोनस सहित हिसाव गर्ने हो भने मासिक
झन्डै लाख रुपैयाँभन्दा माथि आउँछ ।
चेल्सीमा अन्य विभागमा काम गर्ने
कर्मचारीको पनि तलब निकै नै राम्रो छ ।
मेडिकल क्षेत्रमा नर्भिक :
अस्पतालमा काम गर्ने कर्मचारी शैक्षिक
तथा दक्ष जनशक्ति बढी हुनाले पनि
अस्पतालका कर्मचारीहरुको तलब सुबिधा
राम्रो हुने गर्दछ । त्यसमा पनि ओम,
नर्भिक, बिएण्डबि लगायतका
अस्पतालहरुमा आफ्ना कर्मचारीलार्ई
निकै नै राम्रो तलब सुविधा दिने गरिन्छ ।
यहाँ काम गर्ने डाक्टरले समेत अन्य
अस्पतालमा काम गरेभन्दा बढि तलब
पाउँछन् । नर्भिकमा काम गर्ने तल्लो
तहका कर्मचारीको तलब पनि अन्य
अस्पतालको भन्दा बढि छ ।
उत्पादन क्षेत्रमा बढी तलब दिने कम्पनी
धेरै :
उत्पादन क्षेत्रमा भने राम्रो तलब दिने
कम्पनी भने बढी छन् । नेपालमा काम गर्ने
डाबर नेपाल, सुर्य नेपाल, बरुण वेवरेज,
बोटलर्स नेपाल, युनिलिभर नेपाल जस्ता
कम्पनीमा निकै नै राम्रो तलब सुविधा छ ।
यी कम्पनीहरुमध्ये पनि युनिलिभर नेपाल र
डाबर नेपालमा काम गर्ने कर्मचारीको
तलब निकै नै राम्रो छ ।
यी कम्पनीहरु मध्ये सुर्य नेपाल, युनिलिभर
नेपाल, र डाबर नेपालमा तल्लो तहमा काम
गर्ने कर्मचारीकै मासिक ३० हजारभन्दा
बढी तलब हुन्छ । उपल्लो तहका
कर्मचारीहरुको मासिक औसत तलब ३
लाखभन्दा बढी हुन्छ ।
यी संस्थाहरुमा जागिर खानै गाह्रो :
बढी तलब सुबिधा हुने संघ संथा तथा
कम्पनीहरुमा जागिर खान गाह्रो हुनु
स्वाभाविक नै हो । अझ त्यसमा पनि
माथि उल्लेखित कम्पनीहरुअम जागिर
खान निकै नै ठूलो पाप्पड बेल्नुपर्छ ।
‘नेपालमा शैक्षिक जनशक्ति बढी हुनु र
त्यहि अनुसारको रोजगारीको अवसर
नहुनुले हाम्रो कम्पनीमा काम गर्न
खोज्नेहरुको संख्या निकै नै बढी हुन्छ ।’ एक
ठूला कम्पनीमा कार्यरत एक कर्मचारीले
रातोपाटीलाई बताए । यस्तै गैर सरकारी
संस्थाहरुमध्येको एक सेभ द चिल्ड्रेनमा काम
गर्न बढी अनुभवीलाई प्राथमिकता दिइने
हुनाले पनि जागिर खान गाह्रो भएको
संस्थाका एक कर्मचारी बताउँछन् ।
र यस्तो पनि :
सामान्य भुइ सफा गर्ने कर्मचारेको तलब
कति होला ? हामी सहजै अनुमान
लगाउँछौ, न्युन । तर, भारतको हिन्दुस्थान
युनिलिभर लिमिटेडमा सामन्य पियनको
तलब र भत्ता यहाँको प्रतिष्ठित
कम्पनीमा काम गर्नेको भन्दा बढी छ ।
कम्पनीमा करोड माथि तलब बुझ्ने एक सय
६९ जना प्रबन्धक छन् । १० औं लाख मासिक
तलब बुझ्ने थुप्रै छन् ।
यसको नेपाल शााखामा काम गर्ने
कर्मचारीको तलब पनि अपत्यारिलो नै छ
। युनिलिभर नेपालमा तल्लो तहमा काम
गर्ने एक कर्मचारीले समेत आफ्नो तलब ५०
हजार हाराहारीमा हुने बताए ।
कर्पोरेट दुनियाँमा चार सय भन्दा बढी
सिइओ उपलब्ध गराइ सकेको युनिलिभर
विश्वभर ‘सिइओ फ्याक्ट्री’ को रुपमा
समेत चिनिन्छ । नेपाल सहित विश्वका
विभिन्न देश हरुमा साखा बिस्तार
गरिसकेको हिन्दुस्थान युनिलिभरले
आर्थिक बर्ष २०१४÷१५ मा नौ प्रतिशतको
व्यापार बृद्धि गरेको छ ।
कर्मचारीहरुलार्ई दिने सन्तुष्टी पनि
कम्पनीको विस्तारको एक प्रमुख आधार
रहेको बिज्ञहरुले बताएका छन् ।
rato pati बत
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...