-->
निगमले ३७ अर्बमा यस्ता जहाजहरु किन्दै छ
Advertisement

काठमाडौं : नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका
निम्ति चारवटा जहाज खरिद गर्न ३७ अर्ब रुपैयाँ माग गरेको छ।
निगमले दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र दुईवटा
न्यरोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम सञ्चालक
समितिका अध्यक्ष एवं पर्यटन सचिव दिनेशकुमार थपलियाले
जानकारी दिए ।
उनका अनुसार निगमले तयार पारेको तीनवर्षे सुधार
कार्ययोजनाअनुसार जहाज खरिद पहिलो प्राथमिकतामा छ ।
निगमले तीन वर्षभित्रमा नै दुईवटा वाइबडी खरिद गर्ने निर्णय एक
साताअगाडिको निगम सञ्चालक समितिको बैठकबाट गरिसकेको
छ ।

यो निर्णय निगमले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा
नागरिक हुँदै अर्थमा पेस गरेको छ । अर्थको सहमति पाएपछि यो
प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपरिषद्बाट निर्णय
भएपछि जहाज खरिद प्रक्रिया अगाडि बढ्ने भएकाले पनि धेरै
हल्ला नगरी काम नै गर्ने भनेर प्रक्रिया अगाडि बढाएको सचिव
थपलियाले बताए ।
निगमले एअरबसको अहिले उडान गरेकै ए३२०–२०० सिरिजका दुई
सय ५० सिट क्षमताभन्दा माथिका वाइडबडी खरिद गर्ने निर्णय
गरेको छ । हाल उडानमा रहेका दुईवटा न्यरोबडी एक सय ५६
सिट क्षमताका छन् ।

यही क्षमतामा थप दुईवटा जहाज
एअरबसकै जहाज खरिद गर्नेगरी निगमले निर्यण गरेको पनि उनले
बताए ।
पाँच हेलिकोप्टर पनि किन्ने
निगमले दुर्गम क्षेत्रका जनताको सुविधाका निम्ति यात्रु तथा
कार्गो सेवा प्रदान गर्न पाँचवटा नयाँ हेलिकोप्टर खरिदको
तयारी गर्ने निर्णय गरेको छ । निगमले यसअघि हेलिकोप्टरको
सम्भाव्यता अध्ययन गर्न समितिसमेत गठन गरेको थियो । निजी
क्षेत्रको एकाधिकार तोड्न पनि हेलिकोप्टर खरिद गनुपर्ने
देखिएकाले आवश्यक तयारी गर्ने निर्णय भएको थपलियाले बताए

भूकम्पपछिको पुनर्निर्माणको काममा कम्तीमा चारपाँच वर्ष
प्रयोग गर्न सकिने, हरेक गाविसमा एक हेलिप्याड बनाउने सरकारी
नीतिले हेलिकोप्टर सेवा गाउँगाउँमा आवश्यक भएको महसुस
भएको छ । दुर्गम क्षेत्रमा यात्रु सेवा दिनुपर्ने भएकोले पनि
हेलिकोप्टर आवश्यक भएको थपलियाले बताए ।
एमआई १७ क्षमताको ठूलो हेलिकोप्टर खरिद गरिने उनको भनाइ
छ । यस्तो हेलिकोप्टरले विकास निर्माणको काम गर्न, २०/२२
जना यात्रु बोक्न वा दुर्गम क्षेत्रका जतनाको लागि यात्रु तथा
कार्गो सेवा प्रदान गर्न सकिन्छ । निगमले २०४० सालअगाडि पनि
हेलिकोप्टर सेवा दिएको थियो ।

निगमले तयार पार्यो सुधार कार्ययोजना
वायुसेवा निगमले तीनवर्षे सुधार कार्ययोजना तयार पारेको छ ।
निगमले आइतबारको बैठकले स्वीकृत गरेको जहाज खरिद, निगम
सुधारका विभिन्न पक्षसहितको योजना सोमबार पत्रकार
सम्मेलन आयोजना गरेर सार्वजनिक गर्ने भएको छ ।

निगमको आन्तरिक सुधार, आगामी रणनीति तथा तत्काल र
दीर्घकालीन महत्वका लागि हुने कामको गतिविधिसहित तयार
भएको निगम सुधार कार्ययोजना पहिलोपटक तय भएको
थपलियाले बताए । यो योजनामा निगमका कर्मचारीको
व्यवस्थापन, आवश्यक दक्ष र प्राविधिक जनशक्तिको
आवश्यकताअनुसार आउटसोर्सिङ, निगमको आर्थिक पारदर्शिता,
निगम सुधारको निम्ति स्पष्ट कानुनी व्यवस्थासहितको विषय
समेटेर सुधार योजना तय भएको छ ।

यो योजनामा अन्तर्राष्ट्रिय गन्तव्य देशमा जनरल सेल्स एजेन्ट्स
नियुक्ति, जहाज ग्राउन्डेड हुँदा खरिद हुने आवश्यक उपकरणको
तत्काल खरिद, भएकै जहाजको पूर्ण क्षमतामा प्रयोग,
अन्तर्राष्ट्रिय उडान र आन्तरिक उडानका लागि जहाज खरिद
तथा हेलिकोप्टर सेवासहितको योजनालाई समेटेर निगमले सुधार
योजना तय गरेको हो । अनलाइन टिकटको व्यवस्था तथा
अनलाइन टेन्डर प्रणालीसहितका विषयलाई प्राथमिकता दिनेगरी
सुधार योजना तय भएको निगमले जानकारी दिएको छ ।
योजनामा पहिलो प्राथमिकता दुईवटा वाइडबडीको खरिद नै
भएको निगमले जनाएको छ । सरकारले आवश्यक रकम जोहो
गरिदिने हो भने जहाज सजिलै ल्याउन सक्ने दाबी निगमको छ ।

निगमले वाइडबडीको निम्ति आवश्यक रकम जोहो गरिदिन अर्थ
मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ भने न्यारोबडीका लागि
सोमबार पठाउने भएको छ । निगमले आफ्नो पुरानो गन्तवमा
मात्रै उडान गर्ने हो भने पनि नाफा गर्न सक्छ । नयाँ गन्तव्यमा
जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै
रहेको निगमले जानकारी दिएको छ ।
Annapurna Post बत


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.