Advertisement
![]() |
भनिन्छ
खुसी
भन्ने
कुरा
मानिसको
जिनमै
हुन्छ
।
अर्थात्
कोही
मानिस
स्वभाबैले
बेखुस
हुन्छन्
र
जतिठूलो उपलब्धी प्राप्त गरेपछि खुसी हुन तथा
हाँस्न सक्दैनन् । यो कुरा केवल कहावत मात्र होइन, वैज्ञानिक तथ्यमा
आधारित छ ।
वैज्ञानिकहरुका अनुसार मानिसलाई खुसी बनाउमा
एउटा जिन अर्थात् वंशाणुको हात हुन्छ । डिएनएको उक्त जिनलाई
एफएएएच जिन भनिन्छ । जुन देशका मानिसको डिएनएमा यो जिन बढि
हुन्छ, त्यो देशका मानिसहरु तुलनात्मक रुपमा बढि खुसी भएको
पाइएको छ ।एफएएएस जिन यस्तो जिन हो जसले आनन्द तथा
पीडाको अनुभुति गराउने प्रोटिनको उत्पादनमा प्रभाव पार्दछ ।
त्यसैले यो जिन भएका मानिसहरु बढि खुसी तथा
सुखी आत्मा भएका हुन्छन् । यद्यपि स्वास्थ्य तथा
धनसम्पत्तिले पनि मानिसको खुसीमा प्रभाव पार्ने गरेको छ ।
शोधकर्ताहरुका अनुसार सरीरमा यो जिनको मात्रा धेरै भएका
कतिपय गरीब देशका मानिसहरु समेत सबैभन्दा
खुसी जनताको रुपमा दरिएका छन् ।बुल्गेरिया र हंगकंगका
शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययन अनुसार एफएएएच जिनको मात्रा
बढि भएका जनता रहेका देशहरु विश्वमा सबैभन्दा खुसी देशको
रुपमा रहेका छन् ।
यसको प्रमाणको रुपमा स्विडेन रहेको छ । स्विडेन विश्वको सबैभन्दा
खुसी देश हो र स्विडिसहरुको डिएनएमा उक्त
ह्याप्पी जिन रहेको छ ।
२६.३ प्रतिशत स्विडिसमा उक्त ह्याप्पी जिन रहेको छ भने
२३ प्रतिशत बेलायती, २१ प्रतिशत फ्रेन्च र २० प्रतिशत
जर्मनमा ह्याप्पी जिन रहेको छ ।तर दक्षिणी
युरोपमा भने यो खुसी तुल्याउने जिन कम भेटिएको छ ।
केवल
१२ प्रतिशत इटालियनमा मात्र ह्याप्पी जिन रहेको छ ।युरोपमा
मात्र होइन घाना तथा नाइजेरिया जस्ता अफ्रिकी देश अनि
मेक्सिको र कोलम्बिया जस्ता देशका जनतामा पनि यो खुसी जिन
उच्च मात्रामा पाइएको छ।तर हंगकंग, चीन, जोर्डन, इराक
जस्ता देशका जनतामा भने यो खुसी वंशाणु सबैभन्दा कम पाइएको
छ
शोधकर्ताहरुका अनुसार रुसी तथा इस्टोनियालीहरुमा
यो खुसी वंशाणु उच्च मात्रामा पाइएपनि उनीहरुको
खुसी सूचकांक कम रहेको छ । यसको कारणहरुमा आर्थिक,
सामाजिक तथा वातावरणीय पक्षहरु रहेको शोधकर्ताले बताएका
छन् । – एजेन्सीको सहयोगमा
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...