Advertisement
![]() |
चर्चित आइरिस फोटोग्राफर केविन
अबोसले सन् २०१० मा खिचेको एउटा
आलुको तस्विर १ मिलियन युरोमा बिक्री
भएको छ । युरोपका एक व्यापारी उक्त
आलुको तस्विर खरिद गरेका हुन् । ती
व्यापारीको नाम नखुलाइए पनि उनी
केविनको प्रशंसक रहेको बताइएको छ ।
कालो परिदृश्यमा पोट्रेट
फोटोग्राफीका लागि केविन चिनिन्छ ।
उनले लिएको आलुको तस्विर पनि त्यही
प्रकारको रहेको छ जसलाई पोट्रेट ३४५
नाम दिइएको छ ।
केविनको स्टुडियोका एक कर्मचारीका
अनुसार उनलाई आलु निकै मन पर्छ । त्यही
भएर उनले विभिन्न आलुहरुको तस्विर
लिएका थिए, जसमध्ये यो उनको सबैभन्दा
मनपर्ने तस्विर हो ।
केविन बिजनेस र शो
बिजनेसका चर्चित
व्यक्तिका लागि स्टाटस सिम्बोल नै
बनेका छन् । उनले चर्चित व्यक्तित्वहरुको
फोटो खिचेका छन् जसमा गुगल चेयरम्यान
एरिक स्मिथ, ट्वीटरका ज्याक डोर्सी,
कला क्षेत्रबाट जोनी डेप, स्टीवन
स्पिल्सवर्ग लगातका तस्विरहरु खिचेका
छन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...