-->
दिल्लीबाट काठमाडौं उड्न लागेको जेट एयरवेजको विमानमा बम राखिएको भन्दै ग्राउण्डेड
Advertisement

दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको जेट एयरवेजको विमान
बम राखिएको आशंकामा ग्राउण्डेड गरिएको छ। सोमबार दिउँसो करिव १:१५
काठमाडौं उड्नुपर्ने जेट एयरवेजको विमानमा १०४ जना यात्रु थिए। विमान
उड्नुअघि अज्ञात व्यक्तिले विमान कम्पनीमा फोन गरेर
‘हृयापी रिपब्लिक डे, सिट नम्बर १८ मा गिफ्ट बक्स छाडेको
छु’ भनेका थिए।
लगतै उडान रद्ध गरिएको विमान कम्पनीले जनाएको
भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रतिकृया दिनुहोस
थप समाचार
प्रेमको नाटक गरी पुलिसले लुटेरा समात्यो
प्रेमको नाटक गरी प्रहरीले तीन
लुटेरालाई तीन महिनापछि समातेको छ। गत मंसिर २१ गते
तुलसीपुर १२ टरिगाउँ र मानपुर ४ जुमलबुरुवामा मोटरसाइकलमा
सवार दुईजनाबाट मोबाइल, औंठी र नगद ७५ हजार लुट्ने
तीन जनालाई यसरी प्रहरीले समातेको
हो। दाङ जिल्ला प्रहरी प्रमुख कुवेर कडायतका अनुसार
लुटपाटमा संलग्न युवा भएको खुल्न आएपछि प्रहरीले
युवतीलाई प्रेमको नाटक गर्न लगाएको थियो। यसका लागि महिला
प्रहरी खटिएका थिए।
स्पेनमा ६.१ म्याग्निच्युडको भूकम्प
स्पेनको मलागा सहर नजिकै सोमबार ६.१
म्याग्नीच्युडको भूकम्प गएको छ। स्पेन र
मोरक्कोको बीचमा पर्ने समुद्री
क्षेत्रमा भूकम्पको केन्द्र रहेको अमेरिकी
भूगर्व विभागले जनाएको छ। दुवै देशको जमिन केन्द्रबाट नजिकैको
दुरीमा रहेको छ। २० माइल गहिराइमा उक्त भ...
ट्रक दुर्घटनामा चालकको मृत्यु
मोरङबाट पश्चिमतर्फ जाँदै गरेका दुईवटा ट्रक गएराति एकापसमा ठक्कर खाँदा
एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते
भएका छन्। मृत्यु हुनेमा ट्रक चालक सिन्धुली
लगावी–३ का २६ वर्षीय हरि कार्की
रहेका छन्।...
टुरिष्ट भिसामा मकाउ पुर्याएर जबरजस्ती यौन हिंसा
एक वर्षअघि स्याङजाकी ३१ वर्षीया महिला
वैदेशिक रोजगारीका लागि मकाउ गइन्। कल्चर डान्सका लागि
गएकी उनलाई एजेन्टहरुले महिनाको ५ हजार डलर तलव
हुने आश्वासन दिएका थिए। मकाउ जान सहमत भएपछि उनलाई
एजेन्टहरुले टुरिष्ट भिसामा मकाउ पठाए। उनी त्यहाँ पुगेको
११ महिनापछि काठमाडौंस्थित महानगरीय अपराध महाशाखाको
हटलाइन नम्बर ११७७ मा कुवेतबाट फोन आयो, एक चाइनिज व्यक्तिको
घरमा नेपाली युवती बेचिएकी छिन् भनेर।
गुनासो आएपछि महाशाखाका एसएसपी सर्वेन्द्र खनालले
तत्काल मकाउमा रहेका नेपाली र संघसंस्थाहरुसँग समन्वय
गरे।
चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो
चितवनको फिस्लिङमा तीनवटा गाडी एकआपसमा
ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको
छ। दुर्घटनामा परी घाइते भएका ४० वर्षीय
आशबहादुर गुरुङको गएराति उपचारका क्रममा चितवन मेडिकल कलेजमा
मृत्यु भएपछि मृत्यु हुनेको संख्या दुई पुगेको जिल्ला प्रहरी
कार्यालय चितवनले जनाएको छ ।
लोकप्रिय
असफल प्रेम पछ्याउँदै क्यानेडियन युवा काठमाडौंमा
३५ सदस्यीय नयाँ शक्तिको
घोषणा (सूचीसहित)
आइएसले दियो भारतीय
प्रधानमन्त्री
मोदीलाई मार्ने
धम्की


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.