Advertisement
![]() |
सर्टकट
कि,
एप
तथा
केही
फरक
ट्रिकहरुको
सहायताले
कम्प्युटरसंगको
सम्बन्ध
सहज
गर्न
सकिन्छ।
विन्डोज
चलाउनु
हुन्छ भने, Windows कि र D थिच्नुहोस्, तपाइले खोलेका सबै
प्रोगाम लुक्नेछन् अनि डेस्कटप देखिनेछ। Windows र M
थिच्नुहोस्, सबै खुलेका प्रोग्राम मिनिमाइज हुनेछन्। यस्तै रोचक
केही ट्रिक्सहरुको बारेमा आउनुहोस् जानौं।
सहज तरिकाले विन्डोज वा म्याक अपरेटिङ सिस्टम भएका
कम्प्युटर चलाउन १० ट्रिक्सहरु:
झुक्किएर बन्द गरिएको ट्याब फिर्ता
गुगल क्रोम चलाइरहनु भएको छ र झुक्किए कुनै ट्याब बन्द भएमा,
Control (Ctrl) ( म्याकमा Command कि), Shift र T कि प्रेस
गर्नुहोस् बन्द ट्याब फेरी खुल्नेछ।
स्क्रिनबाट कुनै चाहेको तस्बिर वा क्षेत्रमात्र निकाल्न
स्क्रिनसट लिन विन्डोजमा सजिलो छ। किबोर्डको ‘PrntScr’
थिच्नुहोस। यो किले तपाइको स्क्रिनमा अहिले जे देखिएको छ
त्यसलाई क्यापचर गर्नेछ। अब माइक्रोसफ्ट पेन्ट वा
माइक्रोसफ्ट वर्ड खोल्नुहोस् अनि Ctrl र V कि प्रेस गर्नुहोस् वा
मेनुबाट Paste क्लिक गर्नुहोस्। यसो गर्दा पुरै स्क्रिनको तस्बिर
आउनेछ। तर यदि स्क्रिनको कुनै एउटा सानो क्षेत्रको मात्
र
तस्बिर चाहिएमा के गर्ने?
म्याकको लागि,
Command, Shift र 4 कि प्रेस गर्नुहोस् एल टुल खुल्नेछ जसले
स्क्रिनबाट चाहिएको क्षेत्रको स्क्रिटसट लिन सकिनेछ।
विन्डोजको लागि:
Start Menu मा जानुहोस् अनि Snipping Tool टाइप गर्नुहोस्।
Snipping Tool मा विभिन्न अप्सन भेटिनेछन्, जसमा Rectangle
Snip छान्नुहोस्।
एउटै क्लिकले नयाँ ट्यावमा लिङ्क खोल्न
वेबसाइटमा कुनै लिङ्क क्लिक गर्दा उही ट्यावमा खुलिदिन्छ तर
तपाइलाइ सो लिङ्क नयाँ ट्याबमा खुलाउनु छ, लिङ्कमा राइट
क्लिक गरेर ‘Open in new tab’ गर्न सकिन्छ। यो भन्दा सजिलो
उपाय पनि छ। लिङ्कमा गएर माउसको बिचको बटन( स्क्रोल गर्न
प्रयोग गरिने बटन) क्लिक गर्नुहोस् सो लिङ्क अर्को ट्याबमा
खुल्नेछ।
फाइलको अर्को कपी बनाउन
कुनै फाइल (तस्बिर, भिडियो, वा अन्य) को अर्को प्रति बनाउन
सो फाइललाई Copy गरेर Paste गर्न सकिन्छ। अथाव सो
फाइललाई ड्र्याग गर्नुहोस् (ड्र्याग गर्न कुनै फाइलमा क्लिक
गर्ने, क्लिक गरिरहदै चाहिएको ठाउँसम्म तानेर लाने) अनि क्लिक
छोड्नुपुर्व किबोर्डमा Control कि ( म्याकमा Alt कि) प्रेस गर्ने
अनि क्लिक छोडिदिने। यस्तो गर्दा सो ड्र्याग गरिएको फाइलको
अर्को प्रति बन्नेछ।
युट्युबमा ट्रिक
युट्युबमा भिडियो Pause गर्न सामान्यतया Space कि प्रयोग
गरिने गर्छ। तर यदि भिडियो Select भएको छैन भने पेज स्क्रोल
हुने गर्छ।
युट्युबमा भिडियो Pause वा Play गर्न K कि प्रेस गर्न सकिन्छ।
भिडियोको १० सेकेन्ड पछाडी जान J र १० सेकेन्ड अगाडी जान
L कि प्रेस गर्न सकिन्छ।
विन्डोलाइ स्क्रिनको साइडमा सार्न
Windows कि प्रेस गरेर कुनै एक एरो (दायाँ, बाँया, तल वा
माथी) कि प्रेस गरेर हेर्नुहोस्।
चाहिएको विन्डोज बाहेक अरु सबै मिनिमाइज गर्न
मानौ, तपाइले गुगल क्रोम, माइक्रोसफ्ट वर्ड, एक्सल आदी थुप्रै
प्रोग्राम खोल्नुभएको छ। तपाइलाइ माइक्रोसफ्ट वर्ड बाहेक
अरु सबै प्रोग्राम मिनिमाइज गर्न आवस्यक परे के गर्ने?
खुलेका सबै प्रोग्राममा जादै मिनिमाइज बटन क्लिक गर्न
सकिन्छ। साथै Windows र M कि प्रेस गर्नुहोस् सबै विन्डोज
मिनिमाइज हुन्छ, अनि चाहिएको प्रोग्राम मात्र म्याक्सिमाइज
गर्न सकिन्छ।
तर यो भन्दा रमाइलो अर्को तरिका छ। धेरै प्रोग्राम खुलिरहेका
छन, चाहिएको कुनै एक प्रोग्रामको टाइटल बारमा माउस
लैजानुहोस्, क्लिक गर्नुहोस, क्लिक नछोडी दाँया बाँया
हल्लाउनुहोस्, अरु सबै खुलेका प्रोग्राम मिनिमाइज हुनेछन्। क्लिक
छोडेर फेरी सोही प्रक्रिया दोहोर्याउनुहोस्, सबै प्रोग्राम
म्याक्सिमाइज हुनेछन्।
केही सर्टकट किहरु,
स्टार्ट मेनु खोल्न: Ctrl + Esc
टास्क म्यानेजर खोल्न: Crtl + Shift + Esc
कपि गर्न : Ctrl + C
पेस्ट गर्न: Ctrl + V
सबै विन्डोज मिनिमाइज गर्न : Ctrl + M वा Ctrl + D
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...