Advertisement
![]() |
वैशाखमा गएको भूकम्पको कारण घर बाहिर बस्न वाध्य
भूकम्प पीडितहरुलाई अहिले जाडोले सताएको छ ।
जाडोका कारण समस्यामा परेका भूकम्प पीडितहरुलाई
नेपालका चर्चित हाँस्य कलाकारहरुले सक्दो सहयोग
गरिरहेका छन् । सरसफाइसँगै भूकम्प पीडितका लाग
न्यानोको लूगा वितरण गर्न अग्रसर छन्, सिताराम कट्टेल र
कुञ्जना घिमिरे ।
केही समय अगाडि हाँस्य कलाकारद्धय दीपकराज गिरी र
दीपाश्री निरौलाले २ लाख रकम सहयोग गर्दै भूकम्प
पीडितसँग सामिप्यता देखाए । उनीहरुले फेसबुकबाट
आह्वान गर्दै न्यानो कपडा पनि जम्मा गरे र वितरण गरे ।
अब, अर्का कलाकार समाजसेवामा अगाडि देखिएका छन्
। चर्चित, हाँस्य कलाकार जीतु नेपालले पनि जाडोले
समस्यामा परेका आफ्नै गाउँका ८७ परिवारलाई सिरक
वितरण गरेका छन् ।
आफ्नो जन्मस्थान सिन्धुपाल्चोक
फुल्पिङडाँडा गाविस ५ र ७ मा उनले एक लाख बराबरको
सिरक वितरण गरेका छन् ।
६० हजार रुपैयाँ अमेरिकाको सिकागोमा बस्दै आएका
बिष्णुहरी सुवेदी र बाबु केसीले सहयोग गरेको जीतु
नेपालको भनाई छ । आफ्नो तर्फबाट पनि थप केही सहयोग
गरेर गाउँलेलाई जाडोमा सिरक कोसेली दिएको उनको
भनाई छ ।
नेपालले यसअघि पनि आफ्नो गाउँका १ सय ३५ भूकम्प
प्रभावित परिवारलाई एक बण्डल जस्ता र एक बोरा
चामल सहयोग वितरण गरेका थिए । राष्ट्रिय कलाकारको
परिचय बनिसकेकाले समाजिक काममा पनि सक्रिय
भएको हेर्न चाहेको उनीहरुले बताएका छन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक
गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि
जोडिन सक्नुहुन्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...