-->
भेरी किनारमा सुन खोज्दै चिनियाँ कम्पनी
Advertisement

जाजरकोट—भेरी नदीको किनारमा एक चिनियाँ
कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ।
जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी
नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले
सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो।
धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको
टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको
छ। एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको
भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम
गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली
प्रमुख सङ्पिङले बताए।
चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट
सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर
जाजरकोट आएको हो।


अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको
टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक
सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई
किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका
विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ
विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर
पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले
जनाएको छ ।


जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र
अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको
केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका
नेपाली सहयोगी भोजकुमार तामाङले बताए। रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.