Advertisement
![]() |
आजको पञ्चाङ्ग
वि.सं. २०७२ माघ १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१६
जनवरी २६ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण,
शिशिर ऋतु, ने.सं. :— ११३६, (पोहेलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४७ बजे र
सूर्यास्त : साँझ ०५:३१ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र
सूर्यास्त : साँझ ०५:३७ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०३ बजे र
सूर्यास्त : साँझ ०५:४१ बजे
माघ कृष्णपक्षको द्वितीया तिथि, बिहान ०७:५५
बजेसम्म, त्यसपछि तृतीया तिथि,
मघा नक्षत्र, मध्यरात्रीपूर्व ११:२७ बजेसम्म, त्यसपछि
पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र
व्याप्त),
सौभाग्य योग, बेलुका ०७:५९ बजेसम्म, त्यसपछि शोभन
योग,
विष्टि (भद्रा) करण, बेलुका ०८:३२ बजेसम्म त्यसपछि बब
करण,
आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : रातो, चन्द्रदिशा :
पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा
शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : काशी, वाराणसीमा बडा गणेश
जयन्ती,
भोलिको मूहुर्त : अग्निवास(होमादि), दीक्षाग्रहण,
१४ गते : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने,
१५ गते : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा),
अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने),
अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास(जग राख्ने),
वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने,
पुराणश्रवण, दीक्षाग्रहण,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि,
लु, ले, लो, अ) –
विद्यार्थीहरूले आफ्नो
क्षमता प्रदर्शन गरी
स्याबासी पाउन सक्नेछन् र
अन्य सबैले ज्ञानगुन,
अध्यात्म र दर्शनका
विषयमा आकर्षण देखाउने
छन् । कुनै दीर्घकालिक
योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय
महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका
क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । आजका लागि
शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि,
बु, बे, बो) –
महत्वाकाङ्क्षी योजना
कार्यान्वयन गर्दै हुनुहुन्छ
भने गोप्य राखेमा मात्र
सफलता पाउनुहुनेछ, अन्यथा
नयाँ काममा हात हाल्नु
श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको
आत्मीयतामा कमी आउनसक्छ । मित्र र सहयोगीको साथ
पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च
हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा
पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा
९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ,
ङ, छ, के, को, ह) –
धार्मिक, सामाजिक काम
वा परोपकारका क्षेत्रमा
समय र धन खर्च गर्ने समय
आएको छ । उपहार पुरस्कार
आदि मिल्नेछ ।
बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु
भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने
सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग
नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो,
डा, डि, डु, डे, डो) –
मनमा कौतूहलता र छटपटी
भए पनि आजको दिन
आर्थिक रूपमा
सामान्यतया लाभ प्राप्त
हुनेछ । परिवारमा कलह,
विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र
सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र
सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले
भाग्य बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो,
टा, टि, टु, टे) –
आज मन उत्ताउलो बन्न
सक्छ, त्यसैले क्रोध,
प्रतिशोध, रिसराग र
उत्तेजना माथि नियन्त्रण
गर्नु बेस हुनेछ । नियमित
तथा दैनिक कामधन्धा र व्यवसायबाट सामान्यतया
फाइदा नै हुनेछ । आज नयाँ कारोबार गर्नु बेस हुँदैन,
ऋणसापटीमा गएको वा लगानी गरेको धनले राम्रो
प्रतिफल दिनेछैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग
कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष,
ण, ठ, पे, पो) –
खर्चालु समय छ, चिताउँदै
नचिताएको कुनै क्षेत्रमा
खर्च बढ्ने सम्भावना छ ।
शरीरमा आलस्य र थकानको
अनुभव हुनेछ । गरेका काममा
साथसहयोग वा सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति
र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता
प्राप्त नहुँदा दिक्क लाग्नेछ । साथीभाइ टाढिने छन् ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो,
ता, ति, तु, ते) –
बन्धुबान्धव र दाजुभाइले
तपाईंका कामधन्धामा
सहयोग पुर्याउने छन् ।
साथीभाइको राम्रो
सल्लाह र सद्भावना प्राप्त
हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम
सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक
गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने
अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु,
ने, नो, या, यि, यु) –
सानातिना र
झिनामसिना काममा
तल्लीन हुनुपर्ने भएकाले आज
तपाईंले दिन बितेको पत्तो
पाउनु हुन्न, तर सोचेजस्तो
लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ । श्रमिक,
पशुपालक र कृषकले आज कामबाट फुर्सद नपाउनाले बढी
थाकेको अनुभूति गर्नेछन् । बेलुकाको वास वा खानपीनमा
तलबितल पर्नसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध,
फा, ढ, भे) –
आजको दिन पारिवारिक
समस्या हल गर्ने दिन हो ।
घरबाहिर हुनुहुन्छ भने पनि
जीवनसाथी वा
बालबच्चासँग कुराकानी
गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज
आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला ।
आफ्ना व्यक्तिगत महत्वाकांक्षा र चाहना थाती राखी
काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क
७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि,
खु, खे, खो, गा, गि) –
पुराना समस्या, चुनौती र
सम्झनाका कारण तनाव
झेल्नुपर्छ । सानातिना
काम र घरेलु समस्यामै
अल्मलिएर आजको दिन
व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका
सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु
ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि,
सु, से, सो, द) –
सोच्दै नसोचेका कामहरू
सजिलै सम्पन्न हुनेछन् ।
पराक्रम बढ्नुका साथै शरीर
फुर्तिलो रहने छ ।
प्रेमसम्बन्ध र दाम्पत्य जीवन
सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने
योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ
। घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । आजका
लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे,
दो, च, चि) –
काम गर्दा आर्थिक,
सामाजिक, व्यावहारिक
आदि विभिन्न उपलब्धीहरू
हासिल हुनेछन् । देख्दा
झिनामसिना र
सानातिना काम भए पनि आजको कामले दीर्घकालिक
उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा
तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि,
नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी,
सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर :
८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई
आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना
गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक
गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान
र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...