Advertisement
![]() |
यो ब्रह्माण्ड अनि यो अन्तरिक्ष कति विशाल अनि
रहस्यमय छ भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ। यसको
कयौं रहस्य विज्ञानले पनि अहिलेसम्म समाधान गर्न
सकेको छैन।
यसको सृष्टि कहिले भयो, कसरी भयो, यसको आकार
कत्रो छ, अनि यसको अन्त्य हुन्छ कि हुँदैन, अन्त्य हुने भए
कहिले हुन्छ? भन्ने प्रश्नहरूको उत्तर अझसम्म रहस्यमय नै छ।
यसको बारेमा खोज र अनुसन्धान पनि नभएका होइनन्, तर
पनि पर्याप्त प्रविधिको कमीले गर्दा वैज्ञानिकहरू
निश्चित छैनन।
पृथ्वी लगायतका सारा संसारको उत्पत्ति भएको
समयदेखि अहिलेसम्ममा धेरै रहस्यमय अनि अनौठा घटनाहरू
घटेका छन्। तीमध्ये यी ५ मूख्य घटना वैज्ञानिकहरूको पनि
चासोको विषय बन्दै आएको छ।
१. ब्रह्माण्डको उत्पति
हरेक कुराको सुरुवात सँगै अन्त्य हुनु जरूरी छ, यो नै
प्रकृतिको प्रमुख नियम हो। यो ब्रह्माण्डको सृष्टिको
बारेमा विभिन्न जाति तथा धर्मको आ-आफ्नै सिद्धान्त
रहेको छ। वैज्ञानिकहरू माझ यसको उत्पत्तिको बारेमा
कयौँ सिद्धान्त प्रख्यात छन्।
ब्रह्माण्डमा
रहेका
असङ्ख्य
तारापुञ्ज
मध्ये
हाम्रो
आकाशगङ्गा
तारापुञ्जमा
मात्रै
करीब
१
खर्ब
ताराहरू
छन्
र
सारा
ब्रह्माण्डभरीमा कम्तीमा पनि १ खर्ब ४० अर्ब
तारापुञ्जहरू रहेको वैज्ञानिक मान्यता छ। यदि एउटा
तारापुञ्जलाई केराउको गेडा मान्ने हो भने,
ब्रह्माण्डभरीको तारापुञ्जले एउटा रङ्गशाला नै
भरिनेथ्यो। तर यो त सबै अनुमान मात्र हो!
त्यसोभए, यस्तो अकल्पनीय विशाल ब्रह्माण्डको सृष्टि
कसरी भयो? यसको उत्तरको लागि शताब्दीऔँ देखि
वैज्ञानिकहरू मरिमेटेका छन्, हरेकले आफ्नै सिद्धान्तको
विकास गरेका छन्।
करीब १४ अर्ब वर्षअगाडि, ब्रह्माण्डका यी सारा
पदार्थहरू एउटै विन्दुबाट भयङ्कर बिस्फोट भइ उत्पन्न
भएको थियो। बिस्फोट हुनुभन्दा पहिले त्यो सानो
बिन्दुको घनत्व र त्यसमा भएको ऊर्जा अकल्पनि थियो
भनि मानिन्छ।
बिस्फोट भएपछिका विस्फोटबाट निस्केका पदार्थ अनि
उर्जा अकल्पनीय दरले फैलदै हरेक सेकेण्डमा यसको क्षेत्रफल
र तापक्रम बढ्दै अन्तरिक्ष र समयको निर्माण भएको
मानिन्छ। विस्फोटको पलभरमै गुरुत्वाकर्षण लगायतका
अन्य सबै बलहरू पैदा भए। त्यसबाट निस्केको ऊर्जा पदार्थ र
एण्टी-पदार्थमा परिणत भयो।
केही सेकेण्डमा प्रोटोन र न्यूट्रोनहरू बन्न गए, केहि
मिनेटमा यी प्रोटोन र न्यूट्रोनहरू एक-आपसमा जोडिएर
हाइड्रोजन र हिलियमका केन्द्रक (nuclei) बन्न पुगे।
त्यसको करीब ३ लाख वर्षपछि, ती केन्द्रकले अरू
इलेक्ट्रोनलाई तानेर परमाणु बन्न पुग्यो, जसबाट सारा
ब्रह्माण्ड हाइड्रोजन र हिलियम ग्यासको बादलले
भरियो। त्यसपछि यी हाइड्रोजन र हिलियमका
परमाणुहरूले अन्य इलेक्ट्रोनसंग प्रतिक्रिया गरि अरू नयाँ
तत्वहरूको निर्माण भयो।
यो सिद्धान्तलाई ‘बिग
ब्याङ्ग सिद्धान्त’ (Big
Bang Theory) भनिन्छ। यो
सिद्धान्त अनुसार नै
ब्रह्माण्डको उत्पत्ति
भएको हो भन्ने कुनै
वैज्ञानिक प्रमाण
भेटिएको छैन। तर, धेरै
वैज्ञानिकहरुको यो
सिद्धान्तमा मत मिल्नाले
यहि घटनालाई
ब्रह्माण्डको सृष्टिको
आधार मानिदैँ आएको छ।
यो सिद्धान्तको अनुसार,
ब्रह्माण्ड अझै पनि
विस्तार हुने क्रममै छ। सबै
ग्रह, उपग्रह, सूर्य अनि
ताराहरू भनेको केवल त्यही
सानो विन्दुको
बिस्फोटको छर्रा हो भन्न
सकिन्छ, जुन अझै पनि
उछिट्टिँदै छ। पृथ्वी पनि
त्यही छर्राहरूमध्ये एक हो, जुन द्रूतगतिमा अन्य आकाशिय
पिण्डबाट निरन्तर टाढा फैलदैछ।
२. ब्रह्माण्डको आकार
बिग ब्याङ्ग सिद्धान्तको अनुसार, यो ब्रह्माण्ड अझै पनि
विस्तार हुँदै छ र यसको आकार निरन्तर फैलँदैछ। त्यसैले पुरै
ब्रह्माण्डको आकार अझसम्म पनि पत्ता लाग्न सकेको छैन,
ब्रह्माण्डको आकार सिमित पनि हुनसक्छ, तर यो
फैलिरहेको हुँदा यसको आकार असिमित हुनेमै
वैज्ञानिकहरू दाबी गर्दै आएका छन्।
तस्बिरमा: देख्न सकिने अन्तरिक्ष, आकाशगंगा तारापुञ्च र
पृथ्वी कहाँ छ
अहिलेसम्मको प्रविधिले पत्ता लगाएअनुसार ब्रह्माण्डको
हालको समयको व्यास, ९१ अर्ब प्रकाश वर्ष रहेको छ,
जसलाई वैज्ञानिकहरू ‘अबजर्भेबल युनिभर्स’ (Observable
Universe) भन्ने गर्छन्। अर्थात देख्न सकिने मात्र अन्तरिक्ष
यति विशाल छ कि देख्न सकिएको अन्तरिक्षको एक कुना
बाट अर्को कुनामा प्रकाशको गतिमा ( १ सेकेन्डमा
करिब ३ लाख किलोमिटरको गतिमा) जाँदा पनि ९१
अर्ब वर्ष लाग्छ।
तर पुरै ब्रह्माण्डको आकार यो भन्दा पनि ठूलो रहेको छ
जसलाई अहिलेको प्रविधिले मापन गर्न सकेको छैन।
३. ब्ल्याक होल
ब्रह्माण्डमा भएका रहस्यमय वस्तु र घटनाहरूमध्येमा
ब्ल्याक होल पनि पर्दछ। यो के हो, कसरी बन्छ भन्ने
कुराको केवल सिद्धान्त मात्र बनेको छ।
वैज्ञानिक परिकल्पना अनुसार, ब्ल्याक होल
अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक
गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन।
आइन्स्टाइनको ‘सामान्य सापेक्षताको सिद्धान्त’को
(General Theory of Relativity) अनुसार अन्तरिक्षमा रहेको
उच्च घनत्व, असिमित पिण्ड अनि अत्याधिक गुरुत्वबल
भएको कालो पिण्ड नै ब्ल्याक होल हो। गुरुत्वबल
असिमित हुनाले यसबाट प्रकाश पनि बाहिर निस्कन
सक्दैन, त्यसैले अन्तरिक्षमा यसलाई देख्न अत्याधुनिक
प्रविधिको खाँचो पर्दछ।
ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा
परिभाषित गरिएको काल्पनिक सतह हुन्छ, जसलाई ‘घटना
क्षितिज’ (Event Horizon) भनिन्छ। यो क्षेत्र ब्ल्याक
होलको बाहिरी घेरा हो। यो घेरा कटेर ब्ल्याक होल तर्फ
गएका कुनैपनि वस्तु बाहिर आउन सक्दैन, त्यसैले यो
घेरालाई वैज्ञानिकहरूले ‘पोइन्ट अफ नो रिटर्न’ (Point of
No Return) को संज्ञा दिएका छन्। ब्ल्याक होलको
इभेन्ट होराइजनको आकार ब्ल्याक होलको आकारमा
निर्भर हुन्छ।
पृथ्वी लगायतका ग्रहले सूर्यलाई परिक्रममा गरे झै प्रत्यक
तारापुञ्जको केन्द्रमा एक ठुलो ब्ल्याक होल हुने र
तारापुञ्जका सारा पिण्ड, तारा, सूर्य, पृथ्वी लगायत सबै
ग्रहले सो ब्ल्याक होललाई परिक्रममा गर्ने वैज्ञानिकहरू
विश्वास गर्छन्।
४. डार्क म्याटर र डार्क इनर्जी
२० औँ शताब्दीमा भएको खोजबाट तारापुञ्जहरूले ठाउँ
सर्दै छ भनेर थाहा भएपछि, यो ब्रह्माण्ड विस्तार हुँदै छ
भनेर पुष्टि भएको थियो। फेरि १९९० तिरको अवलोकनबाट
यो ब्रह्माण्डको विस्तार हुने दर पनि बढ्दो छ भनेर पत्ता
लागेको थियो। यसले, ऊर्जाको अधिकांश भाग कुनै
अज्ञात रूपमा बसेको छ भन्ने सङ्केत दिएको थियो,
जसलाई ‘डार्क ऊर्जा’ (Dark Energy) भनिन्छ। त्यसै गरी
ब्रह्माण्डको अधिकांश पिण्ड पनि कुनै अज्ञात रूपमा
बसेको छ, जसलाई ‘डार्क पदार्थ’ (Dark Matter) भनिन्छ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...