Advertisement
![]() |
काठमाण्डौं ,१२ माघ । सर्वोच्च अदालतले सम्पत्ति
शुद्धीकरण गर्न मतियार बनेको ठहर
गरी काठमाडौं बस्ने सरिता गिरीलाई २
करोड २६ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।
गिरीका पति निरञ्जन होजाई भन्ने
भारतीय नागरिकलाई भने सर्वोच्च अदालतले ८
करोड रुपैयाँ जरिवाना गरी ४ बर्ष कैद गरेको छ ।
उनी निर्मल राई नामले नेपाली
नागरिकता लिई नेपालमा बस्दै आएका थिए ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र
न्यायाधीश जगदीश शर्मा पौडेलको
संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई नै सदर
गरी ती दुईलाई उक्त सजाय गरेको
छ ।
भारतीय नागरिक होजाईले नेपालमा
बसी हाउजिङ कम्पनि र गाडीको
कारोबार गर्ने कम्पनि खोलेको र सोबमोजिम उल्लेख्यरुपमा घर
र गाडीको कारोबार गरेको बताइएको छ । त्यस्तो
कारोबार गर्दागर्दै गिरी र होजाईको विवाह भएको
थियो ।
भारतीय नागरिक भएको थाहा भएपछि होजाईलाई
नेपाल प्रहरीले पक्राउ गरी
केही बर्षअघि भारत पठाएको थियो ।
भारतीय उग्रवाम संगठन ब्ल्याक विडो ग्रुप
आसामका सैन्य कमाण्डरका रुपमा कार्यरत रहेको बेला नेपाल
प्रहरीले उनलाई भारतीय
प्रहरीको जिम्मा लगाएको थियो ।
केही बर्षको जेल सजायपछि उनी
रिहा भएका थिए । हाल उनी
भारतीय जनता पार्टीमा आबद्ध
रहेका छन् । तर उनकी पत्नीले
होजाई मरिसकेको खबर भारतबाट आएको भन्दै नेपालमा भएको
उनको सम्पत्ति आफ्नो नाममा पारिसकेकी छन् ।
अाजकाे नेपाल समाचारपत्र मा खबर छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...