-->
बच्चा जन्माएपछि कसरी सुखमय बनाउने यौन जीवन ?
Advertisement

सन्तानलाई जन्म दिएपछि यौन जीवनको
उत्साहप्रद चरण सकियो भन्ने ठान्नु हुँदैन ।
बरु, यसलाई अझ उत्साहमय बनाउने प्रयत्न
गर्नुपर्छ । यसका लागि केही उपायः
मासिक चक्रलाई पर्खिनुस्
बच्चालाई जन्म दिएको केही
महिनापछि महिनावारी पुनः सुचारु हुन
थाल्छ । सँगसँगै सेक्समा सरिक हुने महिलाको
चाहना पनि बढ्दै जान थाल्छ। महिलामा आएको
यस्तो परिवर्तनलाई राम्रोसँग बुझ्नुस् र यौन
जीवनलाई पूर्ववत अवस्थामा ल्याउन
पहल गर्नुस् ।
सेक्सको महत्व बुझ्नुस्
श्रीमान् र
श्रीमतीमध्ये कसैले पनि सेक्सलाई विशुद्ध
सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्ने गल्ती गर्नु हुँदैन
। दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न
तथा श्रीमान्–
श्रीमतीबीचको
आत्मीयतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई
स्वीकार गर्नुस् ।
आत्मीयता अझ बढ्यो भन्ने बुझ्नुस्
बच्चा जन्माउने बेलामा महिलाले श्रीमान्को महŒव अझ
गहिरोसँग बुझ्छन् भने श्रीमान्ले दाम्पत्य जीवनमा
श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट
महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन
बनाउँछ। एकअर्काप्रतिको भावलाई व्यक्त गर्ने गर्नुस् । यसले सेक्स


लाइफलाई अझ सन्तोषप्रद र सुखद बनाउँछ ।
‘फोरप्ले’मा सरिक हुनुस्
सुत्केरी हुने सँघारमा अथवा सुत्केरी भइसकेको
केही सातापछि श्रीमतीको चाहना बुझेर
फोरप्लेमा सरिक हुन सकिन्छ । सुत्केरी भएको
केही महिनापछि मात्रै यौनसम्र्पक राख्नुपर्ने सल्लाह
डाक्टरहरूले दिने गर्छन् । तर, यसबीचमा आपसी
समझदारीमा फोलप्लेमार्फत एकअर्कासँग शारीरिक
निकटतालाई कायम राख्न सकिन्छ ।


कोठालाई रोमान्टिक बनाउनुस्
सुत्केरी श्रीमतीको कोठामा
केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन
लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् ।


यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई
तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ ।
सचेत रहनुस्
बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो
सर्जरी गरिएको हुन्छ ।


बच्चा जन्माएपछि सेक्समा सरिक
हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छदेखि
आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग
पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ ।
सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा
सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट
चित्त बुझाउनुपर्छ ।



मन प्रसन्न हुने काम गर्नुस्
मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन
उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पु¥याउँछ
। यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने
आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचिको काम गरेर चित्तलाई प्रसन्न
राख्नुपर्छ ।


संवाद गर्नुस्
सन्तानोत्पत्तिपछि श्रीमान्–
श्रीमतीबीच संवाद बढ्नुपर्छ ।
यौनसम्बन्धी विषयमा यस्तो संवाद झन् बढाउनुपर्छ। आमा
बनेपछि सेक्ससम्बन्धी रुचिमा आएको परिवर्तन, सजिलो अथवा
अप्ठेरो आसन आदिबारे खुलस्त संवाद भयो भने एकअर्काको रुचि बुझेर
सेक्स लाइफलाई उत्साहमय बनाउन सकिन्छ ।



रुचि देखाउनुस्
सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम
आकर्षक भएको चिन्ता हुन सक्छ । श्रीमतीलाई
यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित
भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् ।
यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.