-->
यस्ता कुराको तारिफ चाहन्छन पुरुष
Advertisement

कसैले तारिफ गरेको सुन्न निकै मज्जा आउँछ र
घिरौँला जत्रो नाक बन्छ । महिलाहरु प्रसंसाका
निकै भोका हुन्छन् भनिन्छ । तर महिला मात्र
होइन, पुरुषहरु पनि आफ्नो तारिफ सुन्न उत्तिकै
मन पराउँछन् । फरक यत्तिमात्र हो
की महिलाहरु खासगरी
आफ्नो सुन्दरताको विषयमा कसैले तारिफ गरिदेओस्
भन्ने चाहन्छन् भने पुरुषहरुमा यस्तो चाहनाको
दायरा अलिक फराकिलो हुन्छ ।
धेरैजसो पुरुषहरु आफ्नो पार्टनरको मुखबाट यस्ता
खाले कुरा सुन्न मन पराउँछन्ः
· पुरुषहरुलाई आफ्नो पार्टनरले म तपाइँसँग जति
त अरु कसैसँग पनि खुसी हुन
सक्दिन भनेको सबैभन्दा राम्रो लाग्छ । पार्टनरले
आफुसँग बिताएका पलहरु सबैभन्दा उत्तम रहेको
ठहर गर्नुजति रोमान्चक पुरुषका लागि अरु
केही हुँदैन ।
· हरेक पुरुष चाहन्छ की उसको महिला पार्टनरले उसको
समझदारीको सह्राना गर्दछ । मलाई तपाइँले जत्तिको राम्रो
सल्लाह त अरु कसैले पनि दिन सक्दैन भनेर फुक्र्याइयो भने पुरुषहरु
पुलकित हुन्छन् ।
· आदर तथा सम्मान पाउनु कसलाई मन पर्दैन ? जब कुनै महिला आफ्नो
पार्टनरसँग मैले तपाइँलाई इज्जत गर्छु वा मान गर्नु भन्छिन् भने उनको त्यो
पुरुष पार्टनरले जिवनमा सबैभनदा ठूलो खुसी अनुभुति गर्दछ ।
· यदि तपाइँ आफ्नो पुरुष पार्टनरलाई खुसी पार्न चाहनुहुन्छ
भने उसको व्यक्तित्वको तारिफ गर्न नभुल्नुहोस् । आफ्नो लुक्सको तारिफ
अरुले गरिदेओस् भन्ने चाहना महिलामा जस्तै पुरुषमा पनि हुन्छ ।
· भलै खाना बनाउने शौख भएका पुरुषहरु निकै कम हुन्छन् । तर यदि
तपाइँको पुरुष पार्टनरले खाना बनाएर तपाइँलाई खुवाउँदै छ भने नमिठो भएपनि
मीठो मानेर खाइदिनुहोस् र उसको पाक कलाको प्रसंसा गर्न
नभुल्नुहोस् । महिला पार्टनरले आफ्नो कामको सह्राना गरिदेओस् भन्ने
चाहना पुरुषहरुको हुन्छ ।
एजेन्सीको सहयोगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.