Advertisement
![]() |
दाल तरकारी या अन्य अचार मसलामा
राखेर धनियाको पात सेवन गर्ने
सामान्य चलन छ । तर बजारमा गएर
पनि चाट वा अन्य खानेकुरा खाँदा
धनियाको पात मागेर खाने बानी छ
भने आजै छोड्नुस्सही तरिकाले
नधोएको धनियाको पातबाट खतरनाक
किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै
दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका
छन् ।टेपवर्म मस्तिस्कमा पुगेमा
मानिसको मृत्यु समेत हुन सक्छ ।
भारतको ब्याङ्लोरस्थित नेशनल
इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू
साइन्स (निमहाम्स) का चिकित्सकले
गरेको शोधमा यस्तो कुरा पत्ता
लागेको हो ।
यो संस्थामा रहेको एक मात्र ब्रेन
म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै
क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या
बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै
खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।होटल वा
सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर
पनि खान नहुने समेत उनीहरुको भनाइ छ ।राम्रोसँग
नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक
चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले
टिप्पणी गरे ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...