Advertisement
![]() |
वीरगन्ज – वीरगन्ज–
रक्सौलको मितेरी पुलमा गएराति
आन्दोलनकारी र
तस्करहरुबीच झडप भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र
संघीय समावेशी
मधेशी गठबन्धनका कार्यकर्ताहरु
धर्ना दिएर नाका ठप्प पारेको वीरगन्ज–
रक्सौलको दशगजा क्षेत्रमा रहेको
मितेरी पुलमा गएराति
आन्दोलनकारी र
तस्करहरुबीच झडप भएको हो ।
करिब सय जनाको संख्यामा आएका तस्करहरुले
भारतको रक्सौलबाट तस्करी
गरी ल्याएको सामान मितेरी
पुलबाट ल्याउन खोज्दा आन्दोलनकारी र
तस्करबीच झडप हुन पुगेको हो ।
तस्करहरुले आन्दोलनकारीले नाका
अवरुद्ध पार्न राखेको बाँसको ढाट हटाएर
तस्करीको सामान वीरगंज
तर्फ ल्याउने क्रममा झडप भएको थियो । झडपका
कारण मितेरी पुलको अवस्था गएराति साढे
११ बजेसम्म तनावग्रस्त रहेको नेपाल सदभावना
पार्टी पर्साका सचिव कृष्णा पटेलले
बताए ।
तस्करहरुले रक्सौलबाट टाँगा , ठेला र रिक्सामा
ल्याएको तस्करीको कपडा लगायतका
सामान आन्दोलनकारीले रोक्न खोज्दा
पछि तस्करहरु लठ्ठी,भाटा बोकेर कुट्न
आएको पटेलले बताए । धर्नामा १५÷२० जना मात्र
आन्दोलनकारी बसेका बेला झन्डै सय
जनाको संख्यामा आएका तस्करहरुले आक्रमण
गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको उनले बताए
।
पछि आन्दोलनकारीलाई सघाउन थप
आन्दोलनकारी आएपछि तस्करहरु
भागेका थिए ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...