Advertisement
![]() |
अनुहारलाई सुन्दर बनाउनका लागि
प्लास्टिक सर्जरी गराउने कुरा त
सामान्य विषय भैसक्यो । तर अब
महिलाहरुलाई केवल अनुहार मात्र सुन्दर
भएर चित्त बुझ्न छाडेछ । महिलाहरुमा
आफ्नो गुप्तांगलाई आकर्षक बनाउनका
लागि योनीको सर्जरी गराउने चलन
बढ्दै गएको छ ।पछिल्लो समयमा
अमेरिकामा योनीलाई कलात्मक तथा
सुन्दर बनाउन शल्यक्रिया गराउने क्रम
बढेको पाइएको छ । प्लास्टिक
सर्जनहरुका अनुसार महिलाहरुमा
डिजाइनर भेजिना सर्जरीको क्रम
तिब्र बन्दै गएको छ । सन् २०१३ को
तुलनामा सन् २०१४ मा यस्तो सर्जरी ४९
प्रतिशतले बढेको छ ।आफ्नो यौनसुखमा
वृद्धि गर्नुका साथै स्विम वेयर तथा योगा
प्यान्टको कसिलो पहिरनमा योनीको झलक
आकर्षक देखियोस् भन्नका लागि महिलाहरु यस्तो
सर्जरी गराइरहेका छन् । १६ देखि ७० वर्ष सम्मका
महिलाहरुले यस्तो सर्जरी गराउने गरेका छन् ।
गुप्तांगको डिजाइनिंग तथा पुनर्संरचना गर्ने यस्तो
सर्जरीको संख्या बढिरहेको अमेरिकन सोसाइटी फर
एस्थेटिक प्लास्टिक सर्जरीले जनाएको छ ।यो
सर्जरीका क्रममा ल्याबियोप्लास्टी गरिन्छ ।
जसमा योनीको माथिल्लो हिस्सालाई सही
आकारमा ढालिन्छ । त्यसका साथै योनीको
आकारमा पनि परिवर्तन हुन्छ र माथिल्लो हिस्सा
केही घट्दछ । बच्चा जन्मिँदा तथा उमेर बढ्दै जाँदा
गुप्तांगको आकार बढ्ने भएकाले यो सर्जरीबाट
महिलाले आफ्नो गुप्तांगको आकार घटाएर यौन
जिवनलाई सुखमय बनाउने प्रयत्न गर्दछन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...