-->
चुरोटको भन्दा खतरनाक हुन्छ अगरबत्तीको धुँवा, ब्रेन ट्यूमर र क्यान्सरको खतरा !
Advertisement

लण्डन । हाम्रो धर्म र संस्कारमा
अगरबत्तीको प्रयोग उल्लेखनीय रुपमा
गरिन्छ । अगरबत्ती हजारौं वर्षदेखि
प्रयोग गरिँदै आइएको छ । विशेष
पूजाआजामा मात्र होइन, बिहान र
बेलुका नियमितरुपमा अगरबत्ती
सल्काउने अधिकांशको घरमा चलन नै
हुन्छ । तर भर्खरै भएको एक नयाँ
अनुसन्धानले अगरबत्तीको धुँवा
चुरोटको धुँवाभन्दा खतरनाक हुने तथ्य
पत्ता लगाएको छ । साउथ चीन
युनिभर्सिटी अफ टेक्नोलोजीमा
भएको एउटा नयाँ शोधका अनुसार
अगरबत्तीको धुँवा पनि चुरोटको धुँवाभन्दा
अगरबत्तीको धुँवा अझ खतरनाक हुने पत्ता खबरले
मानिसहरु अचम्भित भएका छन् ।‘अगरबत्तीको धुप
बाल्दा निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने
खतरा बढ्दछ,’ शोधको निष्कर्षमा भनिएको छ ।
शोधकर्ताहरुले अगरबत्तीको धुपमा प्रयोग गरिने
केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट
शरीरमा जलन हुने र क्यान्सरसम्म हुनसक्ने बताएका
छन् ।ब्रिटिश लङ्ग फाउन्डेसनका चिकित्सकीय
सल्लाहकार डाक्टर निक रोबिन्सनले अध्ययनमाथि
टिप्पणी गर्दै भनेका छन्, ‘धुपसहित कैयौं प्रकारका
अगरबत्तीको धुँवा विषालु हुनसक्छ ।’यद्यपि, यो
अध्ययन सानो परिणाममाथि गरिएको थियो ।
चार वटा अगरबत्ती र एक चुरोटमा गरिएको
तुलनात्मक अध्ययनबाट यस्तो निष्कर्ष
निकालिएकोले यसलाई सहजै सामान्यीकरण भने
गर्न सकिँदैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.