Advertisement
![]() |
महिलाको गर्भावस्था, सुत्केरी हुने
अवस्था वा भैसकेपछिको अवस्था
सम्बन्धमा दुनियामा विभिन्न
समाजमा फरक फरक परम्पराहरु रहेका
हुन्छन् । कतिपय परम्पराहरु निकै
अनौठा पनि हुन्छन् । केही अनौठा
परम्परा यस्ता छन् :
आयरल्याण्डमा बच्चा जन्मिसकेपछि
उसलाई वाइन पिलाइन्छ । बच्चा
जन्मेपछि दिइने पार्टीमा विभिन्न
पाहुनाहरु आएका हुन्छन् । जहाँ केक
काटिन्छ, जसमा वाइन हुन्छ । उक्त
केकलाई बच्चाको निधारमा लगाइन्छ ।
त्यसक्रममा केही थोपा वाइन
बच्चालाई समेत खुवाइन्छ ।
लिथुआनियामा हरेक वर्ष एउटा यस्तो
समारोहको आयोजना गरिन्छ । जहाँ
बामे सर्ने उमेरका बच्चाबच्चीहरुलाई एकैठाउँमा
राखिन्छ । तीबच्चाहरु मध्ये को कति छिटो बामे
सर्छ भन्ने हेरिन्छ । आफ्ना बच्चाहरु बामे सरेको हेरेर
अभिभावकहरुले मज्जा लिन्छन् ।
> इण्डोनेसियाको बालीमा एक अनौठो परम्परा छ
। जहाँ महिलाले बच्चा जन्माइसकेपछि फ्याँकने
सालको दाहसंस्कार गरिन्छ । त्यस्तै जन्मेको
बच्चालाई ३ महिनासम्म खुट्टाले जमिनमा टेक्न
दिइँदैन ।
> चीनको केही भागमा पहिलोपटक बाबु बन्न
लागेका पुरुषहरुका लागि अनौठो चलन छ ।
श्रीमतीले बच्चा जन्माउने बेलामा पुरुषहरुले
श्रीमतीलाई कोइलाको भट्टीमा सुरक्षित राखेर
आफुपनि सँगै बस्नुपर्छ । यसो गर्दा अर्को जन्ममा
बच्चा जन्माउँदा यस्तो पीडा भोग्नुपर्दैन भन्ने
मान्यता रहेको छ ।
> अफ्रिकी देश मरिटेनियामा बच्चा
जन्मिसकेपछि बाउआमा दुवैले नवजात शिशुको
मुखमा थुकिदिन्छन् ।
> ग्वाटेमालामा बच्चा जन्मिसकेपछि उसलाई
हिउँजस्तै चिसो पानीमा चोपलेर निकालिन्छ ।
> पाकिस्तानको कलश प्रान्तमा बच्चा जन्माएकी
महिलालाई अशुद्ध मानिन्छ र एक्लै बस्न लगाइन्छ ।
केवल महिनावारी भएका महिलाले मात्र
सुत्केरीलाई छुन पाउँछन् ।
> जमैकामा सुत्केरीले आफ्नै सालनाल खाने गर्छन् ।
सालनाललाई तनाव कम गर्ने औषधिको रुपमा
लिइन्छ ।
थाइल्याण्डका केही गाउँहरुमा परिवारजन तथा
आफन्तले नवजात शिशुको गुप्तांगमा चुम्बन गर्ने वा
मुसार्ने चलन छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...