Advertisement
![]() |
साउदी अरबका महिलाहरुमाथि यस्ता–यस्ता
प्रतिबन्धहरु छन् जो खुल्ला समाजमा रहने
मानिसहरुले सोच्न पनि सक्दैनन् । २१ औं शताब्दीमा
महिलाहरुमाथिको यो प्रतिबन्ध निकै लज्जास्पद
छ । आउनुहोस् आज हामी तपाईंलाई साउदी
अरेबियामा महिलाहरुमाथि भएको प्रतिबन्धहरुबारे
जानकारी गराउँछौं ।
१.साउदी अरबका महिलाका लागि राजनीतिक
अधिकार दिएको छैन । सशक्तीकरण जस्ता
अधिकारका कुरा त्यहाँ केही हुँदैन । हालमात्रै केही
अधिकार पाएका छन् । यो हप्ता मात्रै उनीहरुले
पहिलो पटक भोट गदैछन् । तर एक लाख ३१ हजार
महिलाले मात्रै मतदानका लागि आफ्नो नाम दर्ता
गरेका छन् । तर पुरुष मतदाताको संख्या १३।५ लाख
रहेको छ । १८ वर्ष पुगेका पुरुषले मतदान गर्न पाउने
अधिकार छ ।
२. साउदीका महिलाका लागि पहिरनको आचार
संहिता दुनियाँकै सबैभन्दा कडा रहेको छ । खुल्ला
शिरमा महिला बाहिर निस्कन पाइने छैन । बाहिर
निस्कँदा उनीसँग कोही न कोही पुरुष हुनैपर्छ ।
३. साउदीका महिलाहरुले यात्रा गर्न, आधिकारीक
कामकाज गर्न पुरुषको इजाजत बिना उपचार गर्न
पाउने छैनन् ।साउदीका महिलाहरुले आफ्नो परिवार
भन्दा अन्य पुरुषसँग भेट्न पाउँदैनन् ।
४. साउदी अरबमा महिलाले सवारी साधन चलाउन
पाउँदैनन् । उनीहरु अहिले पनि यसको लागि संघर्षमा
छन् । सन् १९९० देखि उनीहरुले महिलाले सवारी
साधन चलाउन पाउनुपर्ने माग गर्दै आएका छन् ।
५. उनीहरुले बैंक खाता पनि खोल्न पाउँदैनन् । तर धेरै
महिलाहरुले आफ्नै व्यापार समेत गरिरहेका छन् । तर
पुरुष अविभावकको अनुमतिमा मात्रै खोलिएका छन्
। उनीहरुमाथि पुरुषको निगरानी हुनु अनिवार्य छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...