Advertisement
![]() |
एजेन्सी । हिन्दु धर्मको १६ संस्कार मध्ये एक विवाह
हो । विवाहमण्डपमा पुरोहितले इश्वरलाई साक्षी
राखेर केटा–केटीको सम्बन्धलाई कानुनी मान्यता
प्रदान गर्ने चलन रहिआएको छ ।
वैवाहिक समारोहमा आगो वा अग्नीको अगाडि
बेहुला–बेहुलीलाई सात पटक घुमाएर वाचाकसम
खुवाउने गरिन्छ । आगो वा अग्नीको अगाडि
घुमाएर वाचाकसम खुवाउनुको पछाडिका कारण
निम्न छन् :
१ अग्नीको वेद र शास्त्रमा प्रमुख देवताको रुपमा
मानिएको छ । अग्नीलाई विष्णुको स्वरुप मानिदै
आएको छ । अग्नीमा सबै देवताको आत्मा बसेको
हुन्छ भन्ने मान्यता रहेको छ । अग्नीमा हवन गर्दा
सबै देवताको आत्मालाई सम्झेको वा पुजेको
मानिन्छ ।
२ अग्नीको अगाडि वाचाकसम खाँदा सबै
देवतालाई साक्षी राखेर एक अर्काले प्रेम गर्छौं र
जीवनसाथी स्वीकार गर्ने प्रण गरिएको मानिन्छ ।
३ अशुद्धलाई हटाएर पवित्र सम्बन्ध कायम गर्नका
लागि र बेहुला–बेहुलीको मनमा रहेको अपवित्र
भावनालाई हटाएर पवित्र मनले एकअर्काले स्वीकार
गर्नका लागि अग्नीको अगाडि घुमाइन्छ ।
४ अग्नीको अगाडि खाएको कसम नमाने वा
गतीछाडा भए अग्नीले दण्ड दिनेसमेत शास्त्रमा
उल्लेख गरिएको छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...