Advertisement
![]() |
शरिर कहिलेकाहीँ अस्वस्थ हुनु
स्व्भाविक हो । तर, निरन्तर शारीरिक
रुपमा कम्जोरी वा अस्वथ भएमा
चिकित्सकको परामर्श लिनुपर्छ ।
तपाईँलाई बारम्बार टाउको दुःख्ने
समस्या त छैन ? यदि छ भने ख्याल
गर्नुहोस् यस पछाडि विभिन्न कारणहरु
हुन सक्छन् ।
असमान्य उच्चरक्त चाप
उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी
यसको खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा
रुपमा टाउको दुःखिरहन्छ भने तपाईँ केही समयदेखि
उच्च रक्तचापले पीडित हुनुहुन्छ भन्ने बुभm्न ढिलाई
नगर्नुहोस् ।सामान्यतया १४०÷ ९० लाई समान्य
रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तर, तपाईँको
रक्तचाप १८०÷१२० छ भने खतराको संकेत हो । यसले
तपार्इँको कुनै पनि अंगलाई हानी गर्ने सम्भावना
हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै नजिकको
चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श
लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च
रक्त चाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि
पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो
देख्ने, स्मरण हराउने, रिंगटा लाग्ने, कमजोर महशुस हुने,
छात दुख्ने समस्या रक्तचापका अन्य लक्षणहरु हुन् ।
मुटुमा कडा स्ट्रोक
उच्च रक्तचापसँगै ह्दयघात पनि आकस्मिक रुपमा
हुन्छ । हृदयघातको प्रमुख लक्षण टाउको दुःख्नु हो ।
दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको लक्षण
हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् । नेसनल
इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड
स्ट्रोकका अनुसार हृदयघात हुनुअघि कडा टाउको
दुख्ने गर्छ । तपाईँलाई छातीमा पिडा हुन्छ भने
तत्काल चिकित्सकीय सहयोगको आवश्यक छ भन्ने
बुझ्नुहोस । अतिरिक्त हृदयघात हुँदा टाउको
दुख्नुको अगाडि बोल्न अप्ठ्यारो हुने, आँखा
धमिलो हुने, सन्तुलन गुमाउने, हिड्न गाह«ो र
शरीरको एउटा पाखोमा कमजोर महशुस हुने गर्छ ।
ग्लुकोजको मात्रा न्यून
यदि तपार्इँको शरीरमा ग्लुकोजको मात्र कम
भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ ।
यस्तो अवस्थालाई चिकित्सकीय भाषामा
हाइपोग्लाइसिमिया भनिन्छ । शरिर भित्रका
गतिबिधि सक्रीय सञ्चालनका लागि हाम्रो
शरिरमा निरन्तर ग्लुकोज प्रवाहको आवश्यकता पर्छ
। न्युन ग्लुकोजले सुरुमा दिमागलाई प्रभाव पार्छ र
विस्तारै अन्य अंगहरुमा पनि असर देखिन्छ । तर न्युन
ग्लुकोजकै कारण तपाईको टाउको दुख्ने गरेको छ भने
पर्याप्त तरल पर्दाथ र कार्बोहाइडे«डयुक्त खानेकुरा
खानुभयो भने पनि केही हदसम्म मुक्ती पाउनुुहुनेछ ।
चिनियुक्त खानेकुराबाट टाढै रहनुहोस् तर शरीरको
ग्लुकोज तहलाई पनि कायमै राख्नुहोस।
हाइपोग्लाइसिमिया निकै खतरनाक अवस्था हो
जसका कारण मानिसको अकस्मात् मृत्युसम्म हुुन
सक्छ । तपार्इँ लामो समयदेखि भोकाउनु भएको छ र
निरन्तर टाउको दुःख्छ भने ब्लड ग्लुकोजको तहलाई
कायम गर्नका लागि पनि केही न केही खानेकुरा
खानुहोस् । रिंगटा लाग्ने, धमिलो देख्ने, शरिरमा
पसिना बग्ने, दिक्क लाग्ने, अनियमित रुपमा धड्कन
चल्ने र चिसो महशुस हुनु हाइपोग्लाइसिमियाको
अन्य लक्षण हुन् ।
दिमागमा संक्रमण
तपाईँलाई गम्भीर रुपमा टाउकोमा संक्रमण जस्तै
मेनेन्जाइटिस भएको छ भने पनि अत्यधिक रुपमा
टाउको दुख्न सक्छ । तसर्थ यसबारेमा आजैदेखि
बिचार पुयाउनुहोस् । भाइरल अथवा
ब्याक्टेरियाका कारण दिमाग ढाक्ने पत्र र स्नायु
प्रणालीको स्पाइनल कोर्डमा पीडा बढाउनु
मेनेन्जाइटिस हो । यसको समयमै पहिचान गरिएन भने
मानिसको ज्यान नै जोखिममा हुने गर्छ । अत्यधिक
टाउको दुखाइका अतिरिक्त ज्वरो, शरिरमा रातो
फोका आउनु, गर्धन दुख्ने, उज्यालोमा हेर्न नसक्नु,
शरिरका मांशपेशी लचकदार नहुनु
म्यानेन्जाइटिसका अन्य लक्षणहरु हुन् ।
आन्तरिक रक्त प्रबाह
उच्च रक्तचाप वा अन्य मानसिक समस्याहरुका
कारण कहिलेकाही दिमागको रक्तनली फुट्न गई
दिमागमै रगत वग्न सक्छ जसका कारण पनि
खपिनक्नु टाउको दुख्न सक्छ । दिमागको कुनै रक्त
नली च्यातिएमा शरिरको कुनै अंग निकै कमजोर
हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ ।
आखाँमाथिको भाग दुख्नु, आखाँका नानीहरु केही
फराकिलो देखिनु, आखाँका ढकनी कमजोर देखिनु,
धमिलो देख्नु, रिंगटा लाग्नु, चेतना गुमाउनु आन्तरिक
रक्त प्रवाहका अन्य लक्षणहरु हुन् ।
टाउकोमा लागेको गम्भीर चोट बल्झिनु
यदि कुनै वेला तपाईको टाउकोमा गम्भीर चोट
लागेको छ भने पनि बारम्बार यो बल्झिन सक्छ
जसका कारण खप्नै नसक्ने गरी टाउको दुख्छ । तसर्थ
कुनै दुर्घटनापछि वा घाइते भएपछि तपाईलाई भएको
पीडा वा उपचारबारे जीवनकालभर ध्यान दिनुहोस
। टाउकोको खप्पर वा दिमागको रक्त नलीमा हुने
अशरले दीर्धकालिन रुपमा टाउको दुख्छ ।
वाकवाकी लाग्नु, कुनै पनि विषयमा ध्यान केन्द्रित
गर्न नसक्नु, स्मरण हराउनु, शरिरका कुनै अंगहरु दुख्नु,
धमिलो देख्नु, भोक नलाग्नु टाउको चोट
बल्झिदाका लक्षणहरु हुन् ।
उमेरसँग सम्बन्धित समस्या
यदि तपाई ५०वर्ष भन्दा बढी हुनुभएको छ र बेग्लै ढंगले
टाउको दुखेको छ भने अब उपचार गर्ने बेला आएको छ
भन्ने बुझ्न ढिलाई नगर्नुहोस् । टाउकोका कोषहरुमा
समस्या वा ब्रेन ट्युमरका कारणले पनि टाउको दुख्ने
गर्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...