Advertisement
![]() |
काठमाडौं – मृत्यु संस्कार जीवनका १६ संस्कार मध्ये
अन्तिम संस्कार हो । हिन्दु धर्म शास्त्रहरुमा दाह
संस्कारपछि आत्म अन्य शरीरमा प्रवेश गर्ने उल्लेख छ ।
अन्तिम संस्कारको समयमा दागबत्ति दिँद
मन्त्रोच्चारण समेत गर्ने गरिन्छ । शरीर अग्निमा भष्म
भएपछि यसका आधारभूत पञ्च तत्वमा विलिन हुने
विश्वास गरिन्छ ।
गरुण पुराणमा मृत्यु पछि पनि
आत्माको परिवारका सदस्यहरुसँग मोह भैरहने र त्यस्ता
ब्यक्तिलाई दुःख दिने समेत बताइएको छ । शव दाह गर्ने
समयमा मृतक ब्यक्तिको आत्मलाई अव परिवारसँग
तिम्रो सम्बन्ध छैन भन्ने सन्देश समेत दिने चलन छ ।
शव जलाएपछि फर्केर हेर्नु हुँदैन
शव दाह गरिसकेपछि कुनै पनि परिवारको सदस्य वा
मलामीले शव जलाएको स्थाततर्फ हेर्यो भने जसले हेर्छ
उसलाई नै आत्म भड्किने समेत गरुण पुराणमा उल्लेख छ ।
त्यसकारण कुनै पनि ब्यक्तिले लाश जलाइ सकेपछि
मसानघाट तिर फर्केर नहेर्नु नै बुद्धीमानी हुन्छ ।शरीर
जलाइ सकेपछि आत्म भड्किने र कुनै पनि ब्यक्तिले पछि
फर्केर हेरेमा उसलाई नै दुःख दिने भएका कारण मलामीले
फर्केर नहेर्ने चलन रहेको छ । मलामीमा बच्चा समेत भएमा
त्यस्ता बच्चालाई सबै भन्दा अघि लगाएर फर्किनु समेत
उत्तम भनेर शास्त्रमा उल्लेख छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...