Advertisement
![]() |
काठमाडौं, ९ पुस ।
प्रहरी इन्काउन्टरमा मारिएका राजधानीका डन कुमार
श्रेष्ठ ‘घैंटे’ को सम्पत्ति खान उनकै एक दर्जन सहयोगी
लागि परेका छन् ।
घैंटेको मृत्यु भएपछि आफूलाई दाजु दाबी गर्ने राजु श्रेष्ठ,
व्यापारीक साझेदार शान्ता महर्जन, रोशन साह, सर्बन
महर्जन, राजेश कार्की, गुण्डाका सदस्य हबल्दार भन्ने
प्रतिक श्रेष्ठ र घैंटेका मित बाफलका डन समिरमानसिंह
बस्नेतको गिरोह लागिपरेको छ ।
यो समूहलाई काठमाडौंको २९ नम्बर वडाका सचिव
नबराज थापाले सहयोग गर्दै आएका छन् । घैंटेले
गुण्डागर्दीको आडमा थुपारेको अधिकांश कालोेधन
यिनीहरुकै नाममा खुलिसकेको छ ।
आफूलाई दाजु दाबी गर्ने राजुले किर्ते कागजात तयार
पारी सम्पत्ति खान खोजेको स्थानिय बासिन्दाले
आरोप लगाएपछि यो कुरा बाहिर आएको हो ।
राजुले घैंटेको हकदार कोही नभएको भन्दै आफू दाजु भएको
दाबी गरेर वडा सचिव थापाको मिलोमतोमा किर्ते
कागजात तयार पारी नाता प्रमाणितकोे लागि
महानगरपालिका पठाएको समेत खुलेको छ ।
राजुले मृत्यु दर्ताको प्रमाणपत्र लिईसकेका छन् भने नाता
प्रमािणतको लागि सचिवको सिफारिस लिइसकेका छन्
।
सचिवले उनलाई मृत्यु दर्ताको प्रमाण पत्र दिइसकेका छन्
भने नाता प्रमाणित महानगरपालिकामा आएर
अड्किएको छ ।
घैंटेकी श्रीमती पिंकी शेर्पाले गाबिस सचिव थापाले
आफूलाई नाता प्रमाणीतको लागि सिफारिस नदिएको
भन्दै महानगरपालिकामा उजुरी गरेपछि राजुको नाता
प्रमाणित अड्किएको हो ।
प्रेम बिवाह गरी चार बर्षदेखी घैंटेसँगै बस्दै आएकी शेर्पा
कान्छी श्रीमती हुन् भन्दै प्रहरीको रोभरमा स्थानीय
बासिन्दा र वडाका प्रतिनिधिले मुच्चुल्का बनाएका
थिए ।
त्यसपछि घैंटेको शब प्रहरीले पिंकीलाई नै जिम्मा
लगाएको थियो । नाता प्रमाणीत लिन गएका राजुलाई
नगरपालिकाका कर्मचारीले जेल जाने बिचार छ कि के
हो भन्दै उल्टै हकारेर पठाएका थिए ।
तर, उनी कुनै हालतमा नाता प्रमाणित लिएर घैंटेको
सम्पत्ति आफ्नो नाममा ल्याउने षड्यन्त्रमा जुटेका छन् ।
उनलाई वडा सचिव थापाले सहयोग पु¥याउंदै आएका छन् ।
दुई पटकसम्म मुचुल्का उठाउँदा स्थानियले कुमार श्रेष्ठको
श्रीमती शेर्पा भएको भन्दै सनाखत गरेपछि राजु र वडा
सचिव थापा सम्पत्तिको लोभमा नयाँ रणनीतिमा
जुटेको महानगरपालिकाका एक कर्मचारीले बताए ।
राजुले आफू निकटका व्यक्तिलाई भेला गराएर पिंकीलाई
घैंटेको श्रीमती नभएको प्रमाणित गराउन खोजेका
यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । किर्ते कागजात
तयार पारिएको भेटिएमा वडा सचिवलाई कारवाही
गरिने महानगरपालिकाका एक अधिकृतले बताए ।
‘श्रीमती हँदा हुँदै अर्काको नाममा सिफारिस किन
दिएको भनेर सचिवलाई पत्र लेखेको छ, जवाफ आएको छैन्,
जवाफ आएपछि सत्य तथ्य थाहा हुन्छ ।
’–उनले भने ।
घैंटेको हरिमान लामा सञ्चालक रहेको एयर एसिया,
लाजिम्पाटको फ्राईडे रेष्टुरेन्ट, गजुरमुखी निमार्ण
सेवालगायतमा करोडौं लगानी रहेको प्रहरी
अनुसन्धानबाट खुलिसकेको छ ।
गुण्डाका नाईके हबल्दार भन्ने प्रतिक श्रेष्ठ, बाफलका
समिरमानसिंह बस्नेत, शान्ता महर्जन, ठेकेदार सन्तोष
गौतमलगायत एक दर्जन व्यक्तिसँग घैंटेको करोडौं
कारोबार रहेको पनि प्रहरी अनुसन्धानका क्रममा खुलेको
छ ।
घैंटेले फ्राइडेका साझेदार राजेश कार्कीको नाममा एयर
एसियामा पाँच करोड बराबरको लगानी गरेको स्रोत
बताउँछ ।
त्यस्तै शान्ताको नाममा बालाजुमा २४ आना जग्गा,
प्रतिकको नाममा आधा दर्जन टिपर गाडी, समिरको
नाममा धादिङको अबैध बालुवा तथा ढुंगा खानीमा
घैंटेको करोडौं लगानी रहेको स्रोत बताउँछ ।
समिरमानले घर बनाउँदासमेत घैंटेसँग एक करोड सापट
लिएका थिए ।
घैंटेका कारोबारीमाथि महानगरिय
अपराध महाशाखाले निगरानी बढाएको छ ।
सम्पत्ति सुद्दीकरण अनुसन्धान विभागले माथि उल्लेखित
व्यक्तिहरुको नाममा रहेको सम्पत्ति खोजी गर्ने हो भने
घैंटेको अवैध सम्पत्ति भेटिने एक प्रहरी अधिकारी बताउँछन्
। तर, यतिखेर सम्पत्ति सुद्दिकरण विभाग निकम्मा जस्तै
भएको छ
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...