-->
के तापईको मुख गनाउँछ ? यसरि हटाउनुहोस मुखको दुर्गन्ध…
Advertisement

सासको दुर्गन्ध मुखको सरसफाइमा कमीदेखि लिएर कुनै
ठूलो रोगको लक्षणसमेत हुन सक्ने दन्तरोग विशेषज्ञले
बताउछन् ।


त्यसकारण पनि मुख गन्हाउने समस्यालाई
हल्का ढंगले लिनु हुँदैन । मुख वा सासको दुर्गन्धलाई
चिकित्सकीय भाषामा ‘हयालिटोसिस’ भनिन्छ । यो
धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर
हुन्छ । उक्त ब्याक्टेरियाले निस्किने सल्फर
कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्न हुने गर्दछ ।


मुखमा दुर्गन्ध आउनुको मुख्य कारण दाँतको उचित
सरसफाइ नहुनु नै हो र, यो समस्या नेपालीमा मात्र नभई
विश्वभरीका व्यक्तिहरुको पनि समस्या हो । अमेरिकन
डेन्टल हाइजिनिस्ट एसोसिएसन एडीएचएको तथ्यपत्र
अनुसार, करिब चार करोड अमेरिकीहरू मुखको दुर्गन्ध
अर्थात् हयालिटोसिसको सिकार छन् ।


विज्ञहरूको अनुसार, राति सुतेर बिहान उठ्नेबित्तिकै
अलि–अलि मुख गन्हाउनु सामान्य हो । यो गन्ध उपयुक्त
प्रकारले ब्रस गर्दा जान्छ । मुखमा दुर्गन्ध उत्पन्न हुनुको
कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा, थुक र
खुन लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो । यी सबैको
बीच जब प्रोटिन टुट्छ तब सल्फर नाउँ गरेको तत्त्व उत्पन्न
हुन्छ ।

जसको गन्ध धेरै असह्य हुन्छ । मुखको सरसफाइ
बाहेक कहिलेकाहीं गिजाको विभिन्न रोग हुँदा,
जिब्रोमा जीवाणु जम्दा, सफा नक्कली दाँत डेन्चर
क्लिप नलगाउनु, मुखमा घाउ हुनु, गलत रूपले दाँत भर्नु,
प्याज र लससुन आदि खाद्य पदार्थको उपयोग, लामो
समयसम्म औषधि सेवन गर्नु, जटिल रोग समेत मुख गनाउने
कारक हो । ‘कसैकसैमा घाँटीको संक्रमणले गर्दासमेत मुख
गन्हाउँछ,’ तनावले समेत मुख गन्हाउने गरेको छ । ‘तनावले
मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउँछ,’ । यसैले र्यासल
आउने बनाउन प्रशस्त पानी र फलफूल सेवन गर्नुपर्छ ।’


मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग
गर्दा यसले बास्नाभन्दा पनि मुखमा र्याधलको
प्रवाहलाई कायम गर्दा मुख गन्हाउने समस्या कम हुने हो


अमेरिकन डेन्टल एसोसिएसन एडीएको तथ्यपत्र अनुसार,
अपर्याप्त दाँतको सरसफाइ, मुखको संक्रमण, सास
नलीको संक्रमण, लसुन, प्याज, धूमपान, मद्यपानजस्ता
बाहय स्रोत, सुक्खा मुख,
मधुमेहरमृगौलारफोक्सोरकलेजोरपिनास लगायत
बिरामीसँगै मानसिक बिरामी हुनु मुख दुगन्धको कारण
हुन सक्छ । एडीएचएको अनुसार, दुर्गन्धबाट बच्न खाना
खाएपछि ब्रस गर्न नसके पानीले राम्ररी कुल्ला गर्नुपर्छ

यस्तै, चिनीरहित चुइँगम चपाउँदा पनि मुखमा र्यानल
आइरहन्छ र दुर्गन्ध हुन पाउँदैन । विज्ञहरूका अनुसार
दुर्गन्धको कारणलाई जरादेखि नष्ट गरे मात्र यो
समस्याबाट मुक्ति पाउन सकिन्छ । सामान्य रूपमा
मुखको राम्ररी सफाइ गर्दा रोग र गन्ध उत्पन्न गर्ने
जीवाणु नष्ट हुन्छ । तर यदि समस्या जटिल वा सामान्य
सरसफाइले समेत निको नभए दन्त चिकित्सकको सल्लाह
लिनुपर्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.