Advertisement
![]() |
श्रीमान् बिना जीवन चलाउन महिलालाई मुस्कील हुन्छ
भन्ने नेपाली समाजमा परम्परागत सोचाई छ । तर,
श्रीमान्संग छुट्टीएर पनि प्रगति गर्न सकिन्छ भन्ने
उदाहरणको गतिलो पात्र बनेकी छिन् पूर्वी नेपालको
दोपाने ७, उदयपुरकी मन्जु रानाभाट ।
२० बर्ष अघि गाउँकै
छत्रसिंह रानाभाटसंग प्रेम विवाह गरेकी मन्जुको सपना
छत्रसिंहसंगै जीवन बिताउने थियो । सुरुमा रानाभाट
दम्पतीको जीवन सुखमय नै थियो । तर, जव कान्छो छोरा
जन्मियो तव मञ्जुका सुरु भए दुःखका दिन ।
१२ दिनकी सुत्केरी श्रीमतीलाई
रक्सीको झोंकमा कुटेर उनका
श्रीमानले आफ्नो राक्षसीपन देखाए ।
दुई बर्षसम्म उनले श्रीमानको चरम
यातना सहेरै बसिन् ।तर, अति नै भएपछि
उनको जीवनले नयाँ मोड लियो र
अन्ततः सम्बन्ध बिच्छेदमा गएर
जीवनको एउटा अध्याय नै समाप्त भयो
। एक किसिमले उनको भविष्यमा
कालो बादल मडारियो । श्रीमानसँग
अलग भएकी उनी माइतीको शरणमा
गइन् । ६ महिनापछि दाइभाउजुको
असह्य व्यहारबाट आजित उनी केही
गर्नुपर्छ भनेर सदरमुकाम गाइघाट छिरिन्
अनि सुरु भए उनका संघर्षमा दिन ।
२
बर्षसम्म ज्यामी काम गरेर आफू र दुई
छोराको जीवन गुजारेको उनी
बताउँछिन ।
पछि सयकडा ३ मा ९० हजार रुपैंया ऋण
काढेर मलेसिया आउन भन्दै उनी
काठमाडौं हान्निइन् । दलालको
फन्दामा परेकी उनी भारतको नयाँ
दिल्ली हुँदै मलेसियासम्म आइपुगिन् ।
तर दुःखीलाई दुःखले
कहिं छोड्दैन भने झैं उनलाई मलेसियामा पनि दुःखले नै
पर्खिरहेको थियो । उनले सुरुमा मलेसियामा पनि
खानुसम्म गोता खाइन् । यहाँको एक प्लाष्टिक
कम्पनीमा काम गर्ने उनले पहिले १५ हजार कमाउँथिन् जुन
अहिले बढेर ५० हजार पुगेको छ ।पैसा कमाउन थालेपछी
उनको जीवनको रंग नै फेरिएको छ ।
उनले काठमाडौ र गाइघाटमा घडेरी किनेकी छिन् भने दुई
छोरालाई गाइघाटमा नाम चलेका निजी बिद्यालयमा
पढाएकी छिन् । उनी भन्छिन् ‘मैले श्रीमान्संग सम्बन्ध
बिच्छेद गरेर प्रगि गरें । अब छोराहरुको भविष्यको मात्रै
चिन्ता छ ।’आर्थिक हैसियत बलियो बन्दै गएपछि उनले अब
आफ्ना दुःखका दिन गएको अनुभुती गरेकी छिन् ।
सुरुमा
लोग्नेले छोडेकी भनेर हेप्नेहरु नै अहिले नजिक हुन थालेको
उनको अनुभव छ ।काम गर्दै गएपछि कम्पनीमा उनको
हैसियत पनि बढेको छ ।
अहिले उनी ३० जना कामदार चलाउने सुपर भाइजर भएकी
छिन् । काममा सन्तुष्टि मिलेको छ, अनी कमाईमा पनि ।
तर यति हुँदा हुँदै पनि कहिले काहिं परदेशको बसाईले मनपेट
पोल्छ ।
आफ्ना मुटुका टुक्राजस्तै छोरा नेपालमा छोडेर
मलेसिया बस्नुपर्दा कहिले काहिं घर फर्किहालौं जस्तो
हुन्छ । अव त परदेशको बसाई पनि लामै भयो । त्यसैले अब
उनी चाँडै नेपाल फर्केर केही व्यवसाय गर्ने मनस्थीतीमा
पुगेकी छिन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...