-->
साउदी अरबको कम्पनीमा ५० नेपाली कामदार बन्धक, उद्धारमा दूतावासले पहल गरेन
Advertisement


पुस,
साउदी
अरब

साउदी
अरबको
एक
कम्पनीमा
बन्धक
बनाइएका
नेपाली
कामदारको
उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो
नदिएको पीडितहरुले गुनासो गरेका छन् ।आफूहरुको
उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि
बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ ।
ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पनि
पहल नभएको बताएको नागरिकमा खबर छ ।
पीडितले उद्धारका लागि आठ महिनाअघि नै
दूतावासलाई लिखित तथा मौखिक आग्रह गरे पनि
दूतावासले सुनुवाइ नगरेको बताए । साउदीको
दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कम्पनी
(एमएमजी)मा कार्यरत ५० नेपाली कामदारको
लामो समयदेखि उद्धार हुन नसकेको हो ।
रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा)
नवीकरण नगरिदिँदा तीन कामदार एक वर्षदेखि
बन्दी जीवन विताउन बाध्य भएका हुन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.