-->
७२ घण्टामा दिल्ली र कानपुर ध्वस्त पार्ने धम्की, भारतभर भागाभाग
Advertisement

बिहीबार, ९ पुष
काठमाडौं । छुट्टै स्लामिक राज्यको माग गर्दै
सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट
(आइइस)ले ७२ घण्टा भित्र राजधानी दिल्ली र
कानपुर रेल स्टेसन ध्वस्त पार्ने धम्की दिएपछि
भारतभर हंगामा भएको छ ।
उस्ले यी दुई स्थानको अलवा विभिन्न शहरहरुमा
पनि आक्रमणको धम्की दिएको छ ।
विश्वकै शक्तिशाली आतंकवादी संगठनका रुपमा
देखिएको आईएसले दिएको धम्कीलाई लिएर
भारतीय मिडियाले उच्च प्राथमिकताका साथ
समाचार लेखेका छन् ।
आईएसको धम्कीपछि रेल्वे सुरक्षा बलले दिल्ली
एनसीआर समेत सबै आरपीएफ पोस्टलाई अलर्ट गरेको
छ भने सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
आइएसले क्रिसमस मनाइएका स्थानहरुमा हमला
हुनसक्ने धम्की पटक पटक दिदै आएको छ । उस्ले
क्रिसमस मनाउनेलाई छानेर कारबाही गर्ने बताएको
छ ।
आइएसको निरन्तरको धम्की पश्चात् भारतीय रेल
अधिकारिहरुले आरपीएफलाई रेल्वे स्टेशनमा कडा
चेकजाँच गर्न निर्देशन दिएका छन् । आरपीएफले रेलवे
स्टेसनमा कडा चेकजाँच सुरु भएको छ ।
आइएसको धम्कीपछि कानपुर र दिल्लीका
स्थानीयले रेल चड्न छाडेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.