Advertisement
![]() |
महिलाहरूको पाठेघरमा अस्वाभाविक तरिकाले
जीवकोषहरू बढ्नुको मूल कारण एचपीभी ( ज्umबल
उबउष्ष् ख्ष्चगक) नामक सूक्ष्म जीवाणु हो ।
एचपीभी सूक्ष्म जीवाणु सयौं किसिमका हुन्छन् ।
यी जीवाणुको उपचार अहिलेसम्म उपलब्ध छैन तर
यसबाट हुन सक्ने संक्रमणको उपचार हुन सक्छ ।
सामान्यतः किशोरावस्थामा यी सूक्ष्म
जीवाणुहरू उच्च दरमा रहन्छन् र यौन सम्पर्कबाट ती
जीवाणुको संक्रमणमा वृद्धि हुन्छ । यौन सम्पर्कबाट
महिला र पुरुषमा यी जीवाणुहरू एक-अर्कामा सर्छन्
र यसलाई सामान्य रूपमा लिन सकिन्छ । संसारमा
७८ प्रतिशत महिलालाई कुनै पनि समयमा यी
जीवाणुले संक्रमण गर्ने अनुमान गरिएको छ । एक-
अर्काको छालाको सम्पर्कबाट सर्ने भएकाले
कन्डमको प्रयोगबाट पनि यी सूक्ष्म जीवाणु
सर्नबाट सुरक्षित रहँदैनन् । एचपीभीबाट पाठेघरमा
हुने संक्रमणको कुनै खास लक्षण देखिँदैन र सामान्य
महिलाहरूले आफूमा एचपीभी संक्रमण भएको थाहै
पाउँदैनन् । कतिपय अवस्थामा अधिकांश महिलामा
हुने यी जीवाणुहरूको संक्रमण १-२ वर्षभित्र आफै
साम्य भएर जान्छ भने ३-१० प्रतिशत महिलामा यी
जीवाणुले पाठेघरका जीवाणुहरूमा प्रभाव पार्न
सक्छन् र संक्रमण आफै साम्य नभै संक्रमित रूपमा रहन
सक्छ । यी जीवाणुहरूले पाठेघरका जीवकोषहरूमा
प्रभाव जमाई अस्वाभाविक परिवर्तन ल्याउन
सक्छन् । त्यसैले समयमै उपचार नगरे क्यान्सरमा
परिणत हुन सक्छ ।एचपीभी प्रभावबाट पाठेघरको
जीवकोषमा अस्वाभाविक परिवर्तन (वृद्धि) को
सुरुवात भएर क्यान्सरसम्मको यात्राका लागि १०
वर्षभन्दा बढी लाग्न सक्छ । यसलाई क्यान्सरको
पूर्वावस्थाको घाउ अर्थात् सीएन २-३ (अभचखष्अब
ष्िलतचबभउष्तजभष्बि ल्िभयउबिकष्ब) को नामबाट
जानिन्छ र उक्त पूर्व क्यान्सरको अवस्थाको
उपचार नभए क्यान्सरमा परिणत हुन सक्छ ।
खोपले के गर्छ ?
हालसम्म संसारका दुईवटा कम्पनीले क्यान्सरविरुद्ध
लड्न सक्ने क्षमता भएका मर्कले, गर्दासिल तथा
ग्यासोल सर्भारिक्स खोप उत्पादन गरेका छन् ।
अहिले धेरैजसो गर्दासिल खोप प्रयोग गरिन्छ ।
गर्दासिल खोपबाट ६-११-१६ तथा १८ का एचपीभी
सूक्ष्म जीवाणुबाट उत्पन्न हुने संक्रमणबाट सुरक्षा
हुन्छ । पाठेघरको ७० प्रतिशत क्यान्सर एचपीभी १६
र १८ को संक्रमणबाट भएको अनुमान गरिएको छ ।
एक शोधअनुसार यो संक्रमण ८० प्रतिशतभन्दा बढी
छ । यसमा गर्दासिलको खोपबाट पूर्ण सुरक्षित रहने
अध्ययनबाट प्रमाणित भएको छ । एचपीभी र १६ र
१८ बाट हुने पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षित
रहन र अन्य एचपीभी स्टेनबाट हुन सक्ने संक्रमणबाट
पनि सुरक्षित रहन खोप लगाए पनि यौन जीवनपछि
नियमित रूपमा पाठेघरको परीक्षण गर्नुपर्छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी
परीक्षण ३० वर्ष पुगेका महिलाहरूमा गर्ने गरिएको
छ । ३० देखि ६० वर्षसम्म एचपीभीबाट हुने संक्रमण
आफै साम्य हुन सक्ने सम्भावना छ तर ३० वर्षपछि
उक्त सम्भावना कम हुने भएकाले प्रारम्भिक
परीक्षण गर्दा राम्रो हुन्छ । इंग्ल्यान्डमा २५ वर्ष
पुगेपछि अनिवार्यरूपमा परीक्षण गरी महिलाहरूलाई
पाठेघरको क्यान्सरबाट सुरक्षित राखिन्छ ।
प्रारम्भिक परीक्षणबाट एचपीभी जीवाणुबाट
संक्रमण भएको रहेछ भने पनि त्यसको समयमै उपचार
हुन्छ र पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षा हुन्छ ।
खोपको मात्रा
खोप छ महिनाभित्र तीन पटक गरी पूरा गर्नुपर्छ ।
कोर्स पूरा नभए पूर्णरूपमा सुरक्षित हुन सकिँदैन ।
पहिलो खोप लगाएको दुई महिनापछि दोस्रो खोप
लगाउनुपर्छ र दोस्रो खोपको चार महिनापछि
तेस्रो खोप लगाएपछि कोर्स पूरा हुन्छ । खोप
प्रत्येक पल्ट पाखुराको मांसपेशीमा सुईमार्फत
दिइन्छ ।
खोप लगाउन नहुने अवस्था
गर्भवती महिलाहरूले खोप लगाउनु हुँदैन तर शिशु
जन्मिएपछि लगाउन सकिन्छ । बाक्लो ढुसीका
अतिरिक्त खोपको उत्पादनमा प्रयोग गरिएका
अल्मुनियम, सोडियम आदि अन्य पदार्थहरूबाट
एलर्जी हुनेहरूले पनि खोप लगाउनु हुँदैन । पहिलो
खोप लगाउँदा एलर्जी भए पछिका खोप पनि
लगाउनु हुँदैन ।
खोपबाट हुने सामान्य असर
खोप लगाएको ठाउँको छाला रातो हुने, दुख्ने,
सामान्य ज्वरो आउने र सुन्निने हुन सक्छ । यसका
लागि पारासिटामोल सेवन गर्ने तथा भिजेको
चिसो सफा कपडाले खोप लगाएको ठाउँमा सेक्ने ।
त्यति गर्दा पनि ठीक नभए चिकित्सकको सल्लाह
लिनुपर्ने हुन्छ ।
यौन जीवनमा प्रवेश गरेका महिलाहरूले पनि यो
खोप लगाउन हुन्छ ?
खोप लगाउनु पहिले यौन जीवनमा प्रवेश गरिसकेका
महिलाहरूले पनि खोप लगाउन सक्छन् तर खोप
लगाउनुपूर्व नै एचपीभी १६ र १८ का जीवाणुहरू सरेर
संक्रमण भैसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैन,
त्यसकारण यौन क्रियामा लाग्नुपूर्व खोप लिन
सिफारिस गरिएको छ ।
कसले खोप लगाउनु उपयुक्त हुन्छ ?
यौन क्रियामा लाग्नुअघिका किशोरीले खोप
लगाए राम्रो हुन्छ । १२ देखि १४ वर्षसम्मका स्कुले
छात्राहरू यसका लक्षित समूह हुन् । माथिका
कुराहरूलाई ध्यानमा राखी केही वर्ष बढी र घटी
उमेरका महिलाहरूले खोप लगाउन सक्छन् तर ८
वर्षभन्दा कम उमेरका र २६ वर्षभन्दा बढीका
महिलाहरूले खोप लगाउन उपयुक्त हुँदैन ।
गर्भाशय परीक्षण किन ?पाठेघरको मुखको
क्यान्सर के हो ?
पाठेघर गर्भाशयको मुखका कोषिकाहरू असामान्य
परिवर्तन भै त्यस भागमा अनावश्यक रूपले
कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने
घाउलाई पाठेघरको क्यान्सर भनिन्छ ।
रोकथामका उपायहरू
क) क्यान्सर कारकतत्वहरू अलग रहने, सानै उमेरमा
यौन सम्पर्क नराख्ने र धेरै शिशु नजन्माउने ।
ख) लामो समयसम्म परिवार नियोजनका साधनहरू
प्रयोग नगर्ने ।
ग) समय-समयमा पाठेघरको परीक्षण गराउने ।
निदानका सरल उपायहरू
गर्भाशय स्राव परीक्षण (उबउ smभबच तभकत)
गर्भाशयबाट स्रावहरू संकलन गरी परीक्षण गराई
पाठेघरका कोषिकाहरू सामान्य रहेको वा नरहेको
थाहा पाउने एउटा सरल परीक्षण हो ।
यो परीक्षण कस्ता महिलाहरूले गर्ने ?
३५ देखि ६० वर्षका विवाहित महिलाहरूले वर्षमा
एकपटक परीक्षण गराउनुपर्छ ।
परीक्षण गराउनुअघि ध्यान दिनुपर्ने कुराहरू
क) महिनावारी भएको ५-७ दिन वा रगत
देखापरेसम्म र यौन सम्पर्क गरिएको २४ घन्टासम्म
यो परीक्षण गराउनु हुँदैन ।
ख) कुनै औषधि वा डुस प्रयोग गरिएको हुनु हुँदैन ।
ग) पानी तथा साबुनले योनिभित्र सफा गरिएको
अवस्थामा परीक्षण गर्नु हुँदैन ।नियमित पाठेघरको
परीक्षणबाट हुने फाइदाहरू
क) पाठेघरमा क्यान्सर छ-छैन पत्ता लगाई समयमै
निदान गर्ने ।
ख) पाठेघरमा कुनै संक्रमण हुन थालेको भए सामान्य
उपचारबाट निकोपार्न सकिन्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...