-->
खाना खाने वित्तिकै यी ७ काम भुलेर पनि नगर्नुस् नत्र !!
Advertisement

आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र
खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ
। आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि
हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान
दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले
गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ ।
खाना खाने वित्तिकै यी ७ काम भुलेर पनि नगर्नुस्
नत्र !!
कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ
भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ ।
पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो
स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ । खाना खाने
बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई
बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना
खाएपछी नगर्नु नै राम्रो हुन्छ ।
ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु
हुँदैन थाहा पाऔ...
सुत्नेः धेरै मानिसलाइ खाना खाएपछी अल्छि
लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना
खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक
हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको
खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा
गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।
नहुाउनेः सही समयमा खानु र नुहाउनुले शरिरलाई
निकै फाइदा ग्रछ तर, खाना खानेबित्तिकै नुहाउनु
भने फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै
नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ, र पाचन
प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ

पेटी खुकुलो बनाउनेः केही मानिसहरू धेरै खाना
खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी
खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने
गर्छ ।
फलफूल खानेः खाना खानेबित्तिकै फलफुल खानु
राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल
खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ ।
हिड्नेः धेरै मानिसलाई लाग्न सक्छ खाना खाने
बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ । यसले
खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य
गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा
खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन
प्रक्रिया पनि कमजोर हुन्छ ।
चिया पिउनेः केही मानिसलाई खाना खाएपछी
चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको
राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु
फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया
पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले
एसिडिटीको समस्या पनि ल्याउँछ ।
धुम्रपान गर्नेः खाना खाने बित्तिकै मानिसहरूको
धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी धुम्रपान
गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.