Advertisement
![]() |
काठमाडौं – मलेसियाको आर्थिक संकटको प्रत्यक्ष
प्रभाव नेपालको वैदेशिक रोजगारीमा देखिन
थालेको छ । मासिक औसतमा २० हजार
नेपाली कामदार मलेसिया जाने गरेकोमा अहिले
घटेर पाँच हजारमा सीमित भएको छ ।
गत वर्ष साउनदेखि मंसिरसम्म एक लाख ६ हजार २६
जना नेपाली काम गर्न मलेसिया गएका थिए ।
यस वर्ष सोही अवधिमा जम्मा ३१ हजार
दुई सयजना मात्र गएका छन् । यो संख्या गत वर्षभन्दा
६९ हजार चार सय २५ जनाले कम हो । गत मंसिरको
मात्रै तथ्यांक हेर्ने हो भने पनि मलेसिया जानेको संख्या
१६ हजारभन्दा बढीले घटेको छ ।
मलेसियाको आन्तरिक राजनीति अस्थिर बनेको
तथा चीनको अर्थतन्त्र बिग्रिंदा सबैभन्दा
ठूलो व्यापारिक साझेदार मलेसियाको अर्थतन्त्रमा पनि
नकारात्मक असर परेको छ । चीनको
आयातनिर्यात व्यापार र सेयर बजारमा संकुचन आउँदा
समग्र अर्थतन्त्र शिथिल भएको छ, आजको
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...