-->
नेपाल-भारत सीमा क्षेत्रमा भारतीय ‘सुरक्षाकर्मी’ द्धारा नेपालीमाथि फेरि गोली प्रहार
Advertisement

बर्दिया, ९ पुस । नेपाल–भारत सीमा क्षेत्रमा
भारतीय वनरक्षकले नेपाली नागरिकमाथि
गोली प्रहार गरेका छन् ।
भारत उत्तरप्रदेश बहराईच जिल्ला मुर्तिहा स्थित वनका
कर्मचारीले गोली प्रहार गर्दा बर्दिया
गुलरिया–१२ टेपरीका २१ वर्षीय शेर
बहादुर डांगी घाइते भएका छन् ।
बर्दियाका प्रहरी प्रवक्ता
डीएसपी नेत्रमणी
केसीले घाँस दाउरा लिन गएको समयमा वनरक्षकले
गोली प्रहार गर्दा शेरबहादुरको टाउकोमा छर्रा लागि
घाईते भएको जानकारी दिए ।
केसीका अनुसार घाइते शेरबहादुरलाई उपचारका लागि
नेपालगन्ज लगिएको छ । यसअघि भारतीय
सुरक्षाकर्मीको एक टोलीले
सुनसरीको भान्टाबारीमा घरमै छिरेर चार
नेपालीमाथि गोली हानेको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.