-->
सपनामा यी २५ चिज देख्नुभयो भने शुभ फल प्राप्त हुन्छ ! 2
Advertisement

भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ ।
धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना
त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र
मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला
देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि
सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् ।

वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा
व्याख्या गर्छन् ।
आज हामीले हिन्दू धर्मशास्त्र र ज्योतिषीय
मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त
हुन्छ, भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।
यी २५ चिज सपनामा देख्नु लाभदायक हुन्छ:
 सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ ।
हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त
हुनसक्छ । सेतो रंगको हात्ती सपनामा देखेमा
कल्याणकारी फल मिल्छ ।
 सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ ।
 माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा
धनलाभ हुन्छ ।


 चरा उडिरहेको देखेमा धन लाभ हुन्छ ।
 हाँस देखेमा शुभ फल प्राप्त हुन्छ ।
 सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि
हुन्छ ।
 सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।
 घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा
मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन
हुन्छ ।
 मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान
प्राप्ति हुन्छ ।

 जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ ।
 बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ ।
 जुका वा बिच्छि देखेमा धन, पुत्र वा विजय प्राप्त हुन्छ

 घोडी, कुखुरी वा कर्याङकुरुङको पोथी देखेमा राम्री
श्रीमती प्राप्त हुन्छ ।


 सूर्य उदाएको देखेमा धन लाभ तथा रोगबाट मुक्ति
मिल्छ । सूर्य निलेको देखेमा उत्तम पुत्र प्राप्त हुन्छ ।
 घनघोर वर्षा भएको देखेमा व्यापारमा लाभ हुन्छ ।
 चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ ।
 समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ ।
 सेतो फूल देखे धनलाभ हुन्छ । हरियो फूल देखे जनसंपर्क बढ्छ

 फल देखे धनलाभ हुन्छ ।

 पान देखेमा मुद्दा मामिलामा जीत हुन्छ ।
 पहाडमा चढेको देखे सफलता तथा पहाडको टाकुरामा
पुगेको देखेमा आयु वृद्धि हुन्छ ।
 सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान
प्राप्ति हुन्छ ।
 तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ ।
स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा
सुख हुन्छ ।

 कमलको फूलले भरिएको तलाउ देखेमा शुभप्रद, सन्तान
प्राप्ति हुन्छ ।
 कपास अरुलाई दिएको देखेमामात्र शुभ फल प्राप्त हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.