Advertisement
![]() |
इनरुवा
९
पुस
।
भुमिसुधार
तथा
व्यवस्था
मन्त्री
रामकुमार
सुब्बाले
संविधानमा
प्रदत्त
अधिकार
गुम्न
सक्ने खतरा रहेको भन्दै संविधान स्वीकार्नुको बिकल्प
नरहेको स्पष्ट पारेका छन् । सँविधानको प्रचारात्मक कार्यक्रम
अन्तर्गत सुनसरीको इनरुवा ९ स्थित शारदा उच्च माविमा
भएको सभालाई सम्बोधन गर्दै सुब्बाले मधेशमा फैल्याइएको हल्ला
जस्तो अधिकारविहिन र पहिचानविहिन सँविधान नभएको दावि गरेका
हुन् ।
सँविधानसँग असन्तुष्ट रहेका पक्षसँग छलफल र
समझदारीका आधारमा समस्या टुंयाउने भन्दै उनले
जनतालाई भ्रम छर्ने दलहरु समेत पछुताएर वार्ताबाटै निकास
खोज्नेमा विश्वस्त रहेको दावि गरे ।
जनताको सँविधान जनताकै माझमा भन्ने अभियानलाई
सुनसरीका अन्य सांसदले समेत संविधानमा सुरक्षित
गरिएका जनताको अधिकारको बारेमा गहिरो ब्याख्या गरेका थिए ।
एमालेका सांसद रेवतीरमण भण्डारीले
जारी नयाँ सँविधानमा कुनै पनि नागरिक
नागरीकविहिन भएर बस्न नपर्ने स्पष्ट व्यवस्था
भएको उल्लेख गरे ।
त्यस्तै अर्का सांसद कृष्णकुमार राईले संविधानमा सबैले अपनत्व
कायम गर्न सक्ने अधिकार सुरक्षित गरेको बताए ।
नेपाली कांग्रेसका सांसद सीताराम मेहेताले
समेत मधेशका जनताको अधिकार खोसिएको कुरा झुटो रहेको भन्दै
भ्रम छर्नेहरुलाई राम्ररी सँविधान पढ्न सल्लाहा दिए ।
इनरुवा नगरपालिकाले आयोजना गरेको संविधान प्रचार सभालाई
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल
पन्थ, स्थानिय विकास अधिकारी रामप्रसाद वाग्ले, इनरुवा
नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहेता,
एमाले सुनसरी अध्यक्ष रेवतीरमण
भण्डारी लगाएतले बोलेका थिए ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...