यसकारण आमा बन्न चाहँदिनन्
सन्नी लियोन
Advertisement
![]() |
बिहीबार, ९ पुष
मुम्बई । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी
नायिका सन्नी लियोन आमा बन्ने योजनामा
रहेको हल्ला बलिउड बजारमा फैलिएको थियो ।
एक अन्तरवार्ताका क्रममा उनी आफैले आफ्ना पति
र सासुले चाँडै आफूलाई आमा बनेको हेर्न चाहेको
बताएर आमा बन्न लागेको हल्लालाई मलजल गरेकी
थिइन ।
तर हालै आएर उनले आफू तत्काल आमा बन्ने
योजनामा नरहेको बताएकी छन् । उनले आफूलाई
आमा बन्न कुनै हतार नरहेको भन्दै आफू बलिउडमा
करियर बनाउने तिर केन्द्रित रहेको उल्लेख गरेकी छन्
।
३४ वर्षीय सन्नीले डेनियल वेबरसँग विवाह गरेकी छन्
। उनी यसवर्षमात्रै गुगलमा सबैभन्दा बढी
खोजिएकी भारतीयको सूचीको एक नम्बरमा
परेकी थिइन् ।
उनी आफू महिला भएकोले आमा बन्नु सामान्य
भएको बताउँदै निश्चित समयपछि त्यो समय आउने तर
अहिले आमा बन्ने उद्देश्य नरहेको बताइन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...