Advertisement
![]() |
पुस ९, २०७२- चालकले अत्याधिक मदिरा सेवन गरेको कारण
बुधबार राती इटहरी उप–
महानगरपालिकाको दमकल डुम्राहा गाविस–६ को तित्रिवनामा दुर्घटना
भएको छ । दमकलले एउटा ट्रक र एउटा भ्यानलाई समेत ठक्कर
दिएको छ ।
बुधबार राती हरिपुरको भण्टाबारीमा
आगलागी भएको जानकारी पाएपछि
राती १० बजे इटहरी उप–
महानगरपालिकको दमकलका चालक मकरबहादुर महत सहित
चारजनाको टोली त्यसतर्फ जाँदै थियो । साथमा
अग्नीनियन्त्रक पदमबहादुर अधिकारी,
डुकबहादुर कार्की र रामचन्द्र मल्लीक
बसेका थिए ।
इटहरी देखि नै दमकल यताउता गर्दै चलाईरहेको बेला
साथीहरुले सम्झाएपनि मदिरामा लठ्ठीएका
महतले १२० भन्दा माथिको स्पिडमा दमकल चलाइरहेका थिए ।
मधेसाको तित्रिवनमा पुगेपछि ना६ख १३१२ नम्बरको ट्रकलाई
पछाडीबाट ठोक्काएर नजिकै रहेको अर्काे टाटा सुमोलाई
पनि साइडबाट ठोक्काएर दमकल सडक किनार लागेको थियो ।
दमकलको चालकपट्टीको भाग पुरै क्षति भएको छ ।
दमकलका चालकलाई सार्वजनिक अपराध अन्र्तगत मुद्दा दर्ता गरि
कारवाही अगाडी बढाइएको
पकली प्रहरी निरिक्षक टिका
कार्कीले जनकारी दिए । चालकलाई
प्रहरीले नियन्त्रणमा राखेको छ ।
इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत ४५ लाख
रुपैयाँमा उक्त दमकल एकवर्ष अघि खरिद गरेको हो ।
सडकमा दुर्घटना न्यूनकरण गर्न स्थापित ट्राफिक कार्यालयले
मादक पदार्थ सेवन गरेको नगरेको भन्ने चेकजाँच गर्ने भएपनि
अत्यावश्यकिय सवारी साधनलाई पनि चेकजाँच नहुने
हुँदा चालकले मदिरा सेवन गरी दमकल चलाएका हुन् ।
दैनिक पूर्वमा सवारी दुर्घटनामा तीन जनाको
मृत्यू हुने गरेको छ ।
क्षेत्रीय ट्राफिक कार्यालयका
एसपी पवन गिरीले एम्बुलेन्स, दमकल
जस्ता अत्यावश्यक सवारीका चालकले मापसे गर्दैनन्
भन्ने मान्यताका कारण चेक नगरिने बताए ।
उनले सामान्यता ट्राफिकले रातको समयमा पनि ड्यूटी
गरिरहेको हुने तर अत्यावश्यक सवारी रोकेर चेक
गर्न नमिल्ने भएकाले दमकलका चालकले मादक पदार्थ सेवन
गरेको नगरेको चेक नगरि छाडेको बताए ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...