-->
रुसमा मोदीले आफ्नै राष्ट्रियगानको अपमान गरेपछि सेनाले मोदीलाई यसरी तान
Advertisement

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदी दुई दिने भ्रमणको लागि
बिहिवार रुस गएका थिए ।विमान बाट
ओर्लिनासाथ त्यहाँ अचम्मको घटना
घट्यो । रूसी सिपाहीले मोदीलाई
गार्ड अफ अनर दिनको लागि खडा
भएका थिए ।जब भारतीय राष्ट्रिय
गान ‘जन गण मन ……’ को धुन बज्न सुरु
भयो तब मोदीले राष्ट्रिय गानलाई
ध्यान नदिई अगाडी बढे ।रुसी सेनाका
एक अफिसरले मोदीको हात समातेर
उनलाई अगाडी जान बाट रोके ।गार्ड
अफ अनर सकिनुभन्दा केहि समय
अगाडी एक अफिसरले मोदीलाई
अलिकता अगाडी जान ईशारा गरेका
थिए ।त्यहि समयमा राष्ट्रिय धुन बज्न
थाल्यो रुसी अफिसर त जहाँ को त्यहि
रोकिए तर मोदी भने रोकिएनन् ।
मोदी अघि बढिरहेको देखेर सेनाका अफिसर दौंडीदै
आए र उनलाई रोके त्यसपछि मोदीलाई पहिलेको
स्थानमानै लिएर आए।सामान्यतया राष्ट्रगान
बज्दा सावधान मुद्रामा उभिएर बस्ने चलन छ । तर,
मोदीको यो क्रियाकलापलाई लिएर सामाजिक
सञ्जालमा व्यापक आलोचना भएको छ र उनलाई
राष्ट्रगानको अपमान गरेको आरोप लागेको छ ।
भारतीय प्रधानमन्त्री मोदी रुस र भारतबीचको
वाषिर्क शिखर वार्तामा सहभागी हुन रुस पुगेेका
हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको
भेटवार्ता हुने जानकारी स्रोतले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.