Advertisement
![]() |
काठमाडौं– काठमाडौंमा मंगलबार सम्पन्न डि–सिने अवार्डको सातौं
संस्करणमा फिल्म 'नोभेम्बर रेन'ले सर्वाधिक विधामा अवार्ड हात
पारेको छ । अवार्ड समारोहमा 'नोभेम्बर रेन'ले २८ मध्ये ८ विधामा
अवार्ड जित्यो । छायाँछवि क्रिएसनद्वारा आयोजित कार्यक्रममा
'नोभेम्बर रेन' सर्वोत्कृष्ट फिल्म घोषित भयो ।
फिल्मका निर्देशक दिनेश रावत, अभिनेता आर्यन सिग्देल,
अभिनेत्री नम्रता श्रेष्ठ, सहअभिनेत्री
छुल्ठिम डोल्मा गुरुङ, छायाँकार राजेश श्रेष्ठ, संवाद लेखक
सामीप्यराज तिमल्सेना र गायक युवराज चौलागाईंले आ–
आफ्ना विधामा अवार्ड थापे ।
महत्वपूर्ण विधा मानिने उत्कृष्ट पटकथाको अवार्ड फिल्म
'कबड्डी'बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पाए ।
क्रिटिक्स अवार्डतर्फ 'कबड्डी'का अभिनेता दयाहाङ
राई अब्बल रहे भने यही फिल्मले निर्देशक
गुरुङलाई निर्देशनमा जुरी अवार्ड दिलायो । फिल्मका लागि
उत्तम न्यौपानले ध्वनि मिश्रण विधामा अवार्ड जिते ।
क्रिटिक्स अवार्डतर्पm 'सुन्तली'की
प्रियंका कार्की उत्कृष्ट अभिनेत्री भइन् ।
२०७१ भित्र रिलिज फिल्ममध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो
। रेड कार्पेटसहित आयोजना गरिएको अवार्डमा 'वल्र्डकप इन
नेपाल'को कथालाई उत्कृष्ट घोषित गरी कथाकार रामशरण
पाठकलाई अवार्ड दिइयो भने सम्पादनतर्पm सोही
फिल्मका राजु भण्डारी विजयी भए ।
गीतसंगीत र नृत्यले मनोरञ्जक बनेको
समारोहमा गजित विष्टको परिवारका अधिकांशले अवार्ड पाए ।
गजितले फिल्म 'पुनर्जन्म'बाट सहअभिनेता, गजितका भाइ
गम्भीर विष्टले 'लभ यु बाबा'बाट नृत्यनिर्देशन र
सोही फिल्मबाट बालकलाकारमा गजितकी
छोरी संगमले अवार्ड पाए । गजितका छोरा तथा 'लभ यु
बाबा'का ८ वर्षे निर्देशक सौगात विष्टलाई गिनिज बुकमा नाम
लेखाएबापत आयोजकले विशेष सम्मान प्रदान गरे ।
करिब तीन घन्टा लामो अवार्डमा चरित्र अभिनेतातर्पm
'सुनपानी'का सविन बास्तोला, चरित्र
अभिनेत्रीतर्पm 'सुन्तली'की
सूर्यमाला खनाल उत्कृष्ट ठहरिए । त्यस्तै 'हँसिया'का
अनुपविक्रम शाहीले खलअभिनेता, 'नाइँ नभन्नू ल
३'का मुस्कान ढकालले नवनिर्देशक, 'अभैm पनि'का सुदर्शन
थापाले नवअभिनेता र 'लज्जा'की शिल्पा पोखरेलले
नवअभिनेत्रीको अवार्ड पोल्टामा पारे । 'मैले हरेस
खान थालेकी थिएँ । तर यो अवार्डले मलाइ बचायो,'
शिल्पाले आँसु खसाल्दै भनिन् ।
अर्जुन पोखरेलले फिल्म 'स्टुपिड मन'का लागि, सहिमा श्रेष्ठले
'हवल्दार सुन्तली' र कृष्णहरि बरालले
'कोहिनूर'बाट क्रमशः उत्कृष्ट संगीत,
गीत तथा गायिकाको अवार्ड प्राप्त गरे ।
'हवल्दार सुन्तली'का द्वन्द्व निर्देशक चन्द्र
पन्त उत्कृष्ट भए । त्यस्तै 'भीमदत्त' फिल्मका
अच्युत गजुरेललाई एनिमेसन ग्राफिक्समा अवार्ड प्रदान गरियो ।
शृंगारको अवार्ड फिल्म 'टलकजंग भर्सेस टुल्के'बाट अमृत
मरहठ्ठाले जिते । पाश्र्व संगीतको अवार्ड 'सेतो
बाघ'का एलिस कार्कीले पाए ।
समारोहमा 'भीमदत्त'लाई क्रिटिक्स उत्कृष्ट फिल्म,
'कोहिनूर'लाई दर्शक छनोट अवार्ड, 'सुनपानी'लाई
विशेष फिल्म अवार्ड र 'हवल्दार सुन्तली'का अभिनेता
सविन श्रेष्ठलाई प्रोत्साहन अवार्ड प्रदान गरियो ।
पहिले नै घोषित छायाँछवि फिल्मकर्मी रजत सम्मान
फिल्म निर्माता तथा वितरक गोपाल कायस्थ र अभिनेत्री
गौरी मल्ललाई तथा फिल्म पत्रकारिता पुरस्कार डब्बु
क्षेत्रीलाई हस्तान्तरण गरियो । कार्यक्रममा माला
लिम्बु, प्रमिला खनाल, आशिष्मा नकर्मी, गजित विष्ट,
संगम विष्ट, दीपाश्री निरौला र रिश्ता
बस्नेतले नृत्य, दीपकराज गिरी र जितु
नेपालले हास्यव्यंग्य, चेतन सापकोटा र राजसागरले
गीत प्रस्तुत गरे ।
मोहन निरौला, विजयरत्न तुलाधर, शबनम मुखिया र सन्तोष मुखिया
निर्णायक रहेको अवार्ड सकेसम्म निष्पक्ष बनाइएको आयोजक
अध्यक्ष शान्तिप्रियले बताए ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...