-->
युवाहरुलाई सेक्स एजुकेशनको आवश्यकता छः नायिका सुरविना
Advertisement

नेपाली चलचित्र क्षेत्रकी
सेक्सी नायिका सुरविना कार्की
हिन्दी फिल्मको सुटिङमा सिलगुढीमा छिन ।
सुटिङमा व्यस्त नायिका कार्कीसंग नेपालपाटी
डट कमले गरेको कुराकानीः
Surabina Karki
हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
हिन्दी मुभी माई टियर्स को सुटिङमा
इन्डियामा ब्यस्त छु ।
भनेपछि अब नेपाली मुभीबाट
हिन्दी मुभीमा पुग्नुभयो ?
हजुर । हिन्दी मुभीमा डेब्यू गर्दैछु । तर
नेपाली मुभी पनि गर्छु । १० दिनमा काठमाठौँ
आउँदैछु ।
कसको मुभीबाट हिन्दी फिल्ममा डेब्यु
गर्दै हुनुहुन्छ ?
सिलगुढीमा बस्ने नेपाली दाजुको फिल्मबाट ।
मोहन कोइरालाको प्रोडक्सनमा बन्न लागेको छ । निर्देशक कुमार
केसी हुनुहुन्छ भने हिरो निक सिंह ।
सिलगुढीबाट पहिलो हिन्दी मुभी
हो । अनि निक सिंह मुम्वईको व्यवसायिक मोडल ।
हिन्दी र नेपाली मुभीमा
खेल्दा के फरक पाउनुभयो ?
साखै फरक त छैन । तर कम गर्ने तरिका चाँही फरक
छ । म आफैलाई पनि डाइलगहरु क्लियर बोल्न गाह्रो भइरहेको छ
। हिन्दीमा सवै फाइन छ । कलाकारले पाउने सव
फ्यासिलिटीहरु दिनुभएको छ ।
अहिलेसम्म तपाईले कति वटा नेपाली
मुभी गर्नुभयो ?
चार वटा भयो । हिन्दी समेत ५ वटा हुन्छ ।
तपाई भारतमा हुनुहुन्छ नेपालमा नाइकेको खुव चर्चा छ, तपाई
प्रचारमा लाग्नुपर्दैन ?
बिजी भएर टाइम मिलाउन सकिरहेको छैन । तर १०
दिनमा नेपाल फर्केपछि सवै समय नाइकेको प्रमोशनलाई दिन्छु ।
नाइके एकदमै राम्रो बनेको छ ।
नाइके फिल्ममा हेर्नैपर्ने के छ त्यस्तो विशेष कुरा ?
पहिलो त पूरा टिम खटिएको छ । लभर ब्वाईको रुपमा आर्यन दाइ
जम्नुभएको छ । उहाँ रिस र एक्सनमा आउँदैहुनुहुन्छ । यो
ग्याङस्टार मुभीको द्धन्द्धमा नाइके छ । दर्शकले
हाम्रो मुभीमा एउटा मनोरञ्जनको प्याकेज पाउनुहुनेछ ।
फास्ट कट मुभी हो । एक्सन, कमेडी र
लभलाई विषयबस्तु बनाइएको छ । सोझी
केटीलाई गुण्डा मन पर्दैन । त्यही
गुण्डासंगको लभको कथा हो नाइके ।
तपाईलाई सेक्सी नायिका भन्छन, तपाईको कुन अंग
सेक्सी लाग्छ ?
अचम्म लाग्छ अरुले सेक्सी भनेकोमा । अनि आफै
ऐनामा हेर्छु तब आफ्नो सव शरीर नै
सेक्सी लाग्छ । अनि लजाउँछु आफै ।
त्यसमा पनि विशेष होला नि ?
आखा र लिप्स ।
तपाईलाई सेक्सी लाग्ने नेपाली हिरो ?
त्यस्तो सेक्सी लाग्दैन । तर जीवन
लुइटेल, अनमोल केसी, सौगात मल्लसंग काम गर्न
चाहन्छु ।
प्रेम प्रस्ताव कति आउँछन ?
साच्चै भन्दा मलाई प्रेम प्रस्ताव नै आउँदैन । आजसम्म मलाई
कसैले पनि प्रस्ताव गरेको छैन ।
तपाईले चाँही पठाउनुभयो कि ?
हँ, कक्षा १० मा पढ्दा पठाएको थिएँ । तर अहिले बुझेर साइड
लगाइदिएँ । यो समय काम गर्ने हो क्यारियरमा फोकस गर्नुपर्छ लभ
गर्ने होइन, त्यसैले म अहिले सिंगल छु ।
सेक्स बारे तपाईको धारणा ?
सेक्सको बारेमा मलाई त्यति ज्ञान छैन । तर आजको युवाहरुलाई
सेक्स एजुकेशनको आवश्यकता छ । सेक्सको बारेमा जति खुलेर
कुरा गर्यो त्यति नै मान्छेहरु सचेत हुन्छन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.