-->
क्यालिफोर्नियामा ब्लु कट फायर, ८२ हजार मानिसलाई घर छोडेर जान अादेश
Advertisement

अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणी भेगमा फैलिएको ठूलो डढेलो नियन्त्रणका लागि आग्नि नियन्त्रकहरु निरन्तर लागि परेका छन्।उक्त डढेलोलाई कतिपयले आफुले अहिलेसम्म नदेखेको उग्र खालको भएको भनेका छन्।लस एन्जलसको ठिक पूर्वमा घर भएका ८२ हजार भन्दा बढी मानिसहरुलाई आफ्नो घर छोडेर अन्यन्त्र सर्न आदेश जारी गरिसकिएको छ।ब्लु कट फायर नाम दिइएको उक्त डढेलोले घरहरु ध्वस्त पारेको छ र क्यालिफोर्निया र नभाडाको यातायात सेवालाई अवरुद्ध पारेको छ।
निर्देशन
डढेलो फैलिरहँदा केही मानिसहरु आफ्नो ज्यान जोगाउन भागेका छन्।
आगो सुरुमा, मंगलबार सुख्खा पडाडबाट लागेको थियो र त्यसको एकदिन पछि त्यो १२ हजार भन्दा बढी हेक्टर क्षेत्रमा फैलिसकेको छ।सबैभन्दा नराम्रो त के हुनसक्छ भने मानिसहरुले अन्तिम समयसम्म पनि पर्खिरहनु र अग्नी नियन्त्रकहरुले उनीहरुलाई घरबाहिर ल्याउन नसक्नु
जन मिलर, बन सेवाका अधिकारी
१३ हजार अग्नी नियन्त्रकले प्रयास गर्दागर्दै पनि डढेलो निकै फैलिसकेको छ र नियन्त्रणमा आएको छैन।
आगो लागेको मुख्य क्षेत्रमा ३० हजार भन्दा बढी घरहरु पर्छन्, र दशौं हजार मानिसहरुलाई घर छोड्न निर्देशन दिइएको छ।अमेरिकाको बन सेवाका अधिकारी जन मिलरले ठाउँ छाड्न अनिवार्य गरिएको आदेश मान्नका लागि मानिसहरुलाई आह्वान गरेका छन्।उनले भने, “यदि हामीले तपाइँहरुलाई छोड्नका लागि भनेका छौं भने तपाइँहरुले छोड्नुपर्छ। सबैभन्दा नराम्रो त के हुनसक्छ भने मानिसहरुले अन्तिम समयसम्म पनि पर्खिरहनु र अग्नी नियन्त्रकहरुले उनीहरुलाई घरबाहिर ल्याउन नसक्नु।”अग्नि नियन्त्रकका कमान्डर माइक ओकोस्कीले भनेका छन्, उनले आफ्नो ४० वर्षको सेवामा त्यति डरलाग्दो डढेलोको अवस्था कहिल्यै देखेका थिएनन्।

नियन्त्रणको प्रयास

क्षति कुन हदसम्म भएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

अधिकारीहरुले अहिलेसम्म कति घरहरु ध्वस्त भए भन्नेबारे केही बताउन सकेका छैनन्।

तर केहीले भने त्यो संख्या सयौंमा हुनसक्ने आशंका गरेका छन्।

उक्त आग्लागीका कारण लस एन्जेलस र लस भेगस जोड्ने मुख्य सडक र रेलहरु बन्द भएका छ।

तर कतिपयले ती आदेश अस्वीकार गरेका छन्।

केही भवनहरु क्षतिग्रस्त भएको छ र टोलीले त्यसको भग्नावशेषमा खोजि गरिरहेको छ।

उच्च तापक्रम र हावाको वेगले आगोको ज्वालालाई बढाइरहेको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.