Advertisement
![]() |
काठमाडौं – मिरट ब्याजको धन्दाबाट रातारात करोडपति
बन्न खोज्दा गायिका रेखा शाह
श्रीमानसहित दुई साता प्रहरी
हिरासतमा बस्नुपर्यो । क्यासिनोमा जुवा खेल्ने
सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १०
हजारका दरले उनले ब्याज लगाएर पैसा
आएकी थिइन् । यसैबीच,
काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको
आरोपमा उनी पक्राउ परिन् ।
नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरै
कलाकारहरु मिटर व्याजको धन्दामा संलग्न छन् ।
कोहीले त्यही धन्दाबाट करोडौं
कमाएका छन् भने कोही टाट पल्टिएका छन्
।
नायिका दीपाश्री निरौलादेखि रेखा
थापासम्मले मिटर व्याजमा पैसा लगानी गरेका
छन् । उनीहरुले पहिला बानेश्वरमा
रोजमारी रेष्टुरेन्ट चालउने फिल्म निर्मार्ता
धुव्र न्यौपानेलाई पैसा पैसा लगानी गरेका थिए
। न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा
उठाउन निकै सास्ती परेको थियो । हेटौंडाको
जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा
असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा त अझै
उठेको छैन । न्यौपाने पनि यतिवेला उपत्यकाबाट विस्थापित
भइसकेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...