Advertisement
![]() |
काठमाडौं, १० माघ । नेपाली रजतपटकी
चल्तिकी नायिका रेखा थापा राजनीतिमा प्रवेश गरेर फेरि
एकाएक हराएकी छिन् । माधव नेपाल नेतृत्वको सरकारका पालामा
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग
भद्रकाली मन्दिर अगाडि कम्मर मर्काइमर्काइ
नाचेकी रेखा यति उत्साहित भइन कि त्यसको
केही समयभित्रै एमाओवादीमा प्रवेश गरिन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको
टीका लगाएर पेरिशडाँडामा तामझामका साथ सदस्यता लिइन् ।
सदस्यता लिएको केही समय त उनको
एमाओवादीका राजनीतिक कार्यक्रमहरुमा
चुरिफुरी पनि खुब भयो । उनले प्रत्यक्षमा चुनाव लड्नका लागि
टिकट पनि पाइन् । बिडम्बना उनको भेट लिष्टमा नामै रहेनछ ।
आफ्नो नाम भोट लिष्टमा छ कि छैन ? म कुन हैसियतको व्यक्ति हुँ ?
मैले के गर्दा उचित हुन्छ भन्ने भेउ नपाउने रेखा अहिले
एमाओवादीको राजनीतिबाट पलायन सरह छिन् ।
एमाओवादीको नेता हुन् कि होइनन् रेखाले अहिलेसम्म
केही बताएकी छैनन् । तर उनलाई
एमाओवादीकाले राजनीतिले फाइदाभन्दा पनि बेफाइदा
धेरै भएको आफू निकटका कलाकार साथीहरुसँग गुनासो गर्ने
गरेकी छिन् ।
अहिलेफेरि तिनै रेखालाई बिर्साउने गरी पुरानी
अभिनेत्री करिश्मा मानन्धरको चर्चा हुन थालेको छ । आइतबार
काठमाडौंको बुद्धनगरमा एमाओवादीका पूर्व नेता तथा पूर्व
प्रधानमन्त्री बाबुराम भट्टराईसँग कुम जोडेर (नजिकै)
बसेकी करिश्माको चर्चा चुलिएको छ ।
अमेरिकाको लामो बसाइपछि पति विनोद मानन्धरसँग ललितपुरमा व्यवस्थित
घरजम गरेर बसेकी करिश्मा बाबुरामको नयाँशक्तिको अभियन्ता
बनेकी छिन् । उनले नयाँशक्तिमा लागेर राम्रै फड्को मार्ने सोँच
बनाएकी छिन् ।
अभिनयमा अब्बल मानिने करिश्माको राजनीतिक गतिविधि कस्तो
हुने हो त्यो भने हेर्न बाँकी छ । तर उनले रेखा थापाले
जस्तो बाबुरामसँग सार्वजनिक कार्यक्रममा कम्मर मर्काइ मर्काइ नाच्नु
भने परेको छैन । नयाँशक्ति भएको कारणले पनि करिश्मालाई रेखाको जस्तो
परीक्षण दिन नपरेको हुन सक्छ ।
बाबुरामको नयाँशक्तिका अनुहारमध्ये करिश्माको अनुहार पनि
राजनीतिका लागि नयाँ हो । यो नयाँ अनुहारबाट बाबुरामले ठूलै
आश बोकेका छन् । उनको टिममा राम्रो स्थान पाएकी करिश्माको
करिश्मा भावी दिनमा पक्कै देखिनेछ । रेखा थापाको अवस्था भने
पक्कै हुने छैन होला ?
स्रोतका अनुसार बाबुरामसँग लाग्दा छिट्टै माथिल्लो पदमा पुगिने लालच नयाँ
शक्तिले देखाउँदा उनी राजनीतिमा
लोभिएकी हुन् ।
बाबुरामसँग धेरै आश गरेकी करिश्माले कति कलाकारलाई आफ्नो
नयाँशक्ति अभियानमा ल्याउन हुन् उनको परीक्षण पनि हुनै
बाँकी छ । बाबुराम जस्ता व्यक्तिसँग उनलाई काम गर्न सहज
भने हुने छैन । क्यामराको अगाडि एक्सन, कटमा रमाएकी
करिश्माले जीवनको उत्तरार्द्धमा रोको बाबुरामको नयाँशक्ति
अभियानले के कति फाइदा होला त्यो भने भविष्यमा हेर्नुपर्ने हुन्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...