Advertisement
![]() |
वैवाहिक
सम्बन्धको
ठ्याक्कै
एक
वर्ष
पुग्दासम्म
मानिसहरु
आफ्नो
पार्टनरसँगको
यौन
जिवनका
कारण
सबैभन्दा
खुसी
हुन्छन्
। तर त्यसपछि भनेे त्यो खुसीको तहमा विस्तारै गिरावट आउने
गर्छ । एक अध्ययन अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा
सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग कार्यको दरमा गिरावट
आउँदछ ।शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३ हजार जना
मानिसमा विभिन्न अवसरमा उनीहरुको यौन जिवनलाई सूचिकृत
गर्न लगाएर यस्तो निष्कर्ष निकालेका हुन् ।मानिसहरु आफ्नो
पार्टनरसँगको यौन सम्बन्ध कायम भएको ठ्याक्कै एक वर्ष
बित्दासम्म यौन जिवनलाई लिएर सबैभन्दा उच्चतम सन्तुष्टि तथा
खुसीको तहमा पुग्दछन् ।
म्युनिखस्थित लडविग म्याक्सिमिलियन विश्वविद्यालयकी
शोधकर्ता क्लाउडिया समिडबर्गका अनुसार बच्चा हुनुले
दम्पतीको यौन सन्तुष्टिमा खासै भूमिका खेल्दैन । तर यौन
सम्पर्कको दरमा भने बच्चाको उपस्थिति र उमेरले उल्लेख्य फरक
पार्ने उनी बताउँछिन् ।तर बच्चा भन्दा पनि श्रीमान श्रीमतीबीच
हुने झैझगडा तथा मनमुटाबले यौन सम्बन्धमा सबैभन्दा ठूलो
प्रभाव पार्ने शोधकर्ताको ठहर छ । उनका अनुसार बढि झगडालु
दम्पतीहरुको सेक्सको दर तथा सन्तुष्टि पनि कम हुँदैजान्छ ।
शोधकर्ता भन्छिन्ः यदि सन्तुष्ट यौनजिवन चाहनुहुन्छ भने आपसी
झगडालाई स्थगित गर्नुस्।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...