Advertisement
![]() |
महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक
पुरुषको मनमा हुन्छ । उनीहरु यो तथ्य थाहा
पाउन हरसम्भव प्रयास पनि गर्छन् । तर
जीवनभर खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के
देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका
हुँदैनन् ।
हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।
लाइभ साइन्स नामक वेभसाइटमा प्रकाशित शोध अनुसार अत्याधिक
प्रजनन् क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता
भएका पुरुषसँग आकर्षित हुन्छन् ।
स्कटल्याण्डको स्टर्लिङ यूनिभर्सिटीका शोधकर्ताले
गरेको अध्यन अनुसार पुरुषको प्रजनन् क्षमता अनुसार
उनीहरुप्रति महिलाको आकर्षण हुन्छ ।
यद्यपी प्रजनन् क्षमता उच्च भएका पुरुषप्रति
महिलाको आकर्षण केवल शारीरिक हो । यो
आकर्षणकै कारण बैबाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने
निश्चित हुँदैन ।
खासमा महिलाले सेक्सको लागि भने प्रजनन् क्षमता भएका पुरुष
खोजे पनि जीवन साथीको
खोजी भने उनीहरुले फरक हिसावले
गर्छन् ।
मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिकाः
शोधका क्रममा प्रतियोगी महिलाले
उनीहरुको माषिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति
उनीहरुको भावना कस्तो हुन्छ भनेर बताएका थिए
। सेक्सका लागि उच्च प्रजन्न क्षमता भएका र
जीवन विताउनका लागि अलि फरक पुरुष चाहिने
उनीहरुको भनाइ थियो ।
पुरुषको सेक्स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।
शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा
सेक्स हर्मोन र उनीहरुको मनोविज्ञान उत्तिकै
जिम्मेवार हुन्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...