-->
के तपाईलाई थाहा छ, एक किसले तपाईमा ८० लाख ब्याक्टेरिया एकसाथ सार्न सक्छ
Advertisement

चुम्बनलाई
प्रेम

आर्कषणको
प्रतिक
मानिन्छ

यो
एउटा
त्यस्तो
प्रतिक
हो
जसले
आपसी
सम्बन्धलाई
जोडिराख्न
महत्वपूर्ण
भूमिका खेल्छ । तर के तपाईलाई थाहा छ, एक किसले तपाईमा ८०
लाख ब्याक्टेरिया एकसाथ सार्न सक्छ । नेदरल्याण्डस्मा
वैज्ञानिकहरुले गरेको एक रिसर्च सर्वेले एक व्यक्तीले अर्को
व्यक्तिलाई किस गर्दै गर्दा १० सेकेन्डमा ८ करोड ब्याक्टेरिया
आदन प्रदान हुने बताइएको छ । अर्गनाइजेशन फर एप्लाइड
साइन्टिफिक रिसर्चका अग्रणी लेखक रेम्को कोर्ट भन्छन्,
चुम्बनका दौरान दुई व्यक्तिको र्याल एकआपसमा आदनप्रादन
हुन्छ ।



जसमा उनीहरु दुबैको मुखमा रहेको ब्याक्टेरिया पनि आदन प्रदान
हुन्छ । यसैकारण श्रीमान् श्रीमती वा शारिरक सम्पर्कमा
रहनेहरुको मुखमा उस्तै माइक्रोब्याक्टेरिया देखिन्छ । यस
रिसर्चका दौरान २१ दम्पतीलाई फारम भर्न लगाइएको थियो ।


त्यसपछि उनीहरुको किस गर्दाको बानी, उनीहरुको मुखमा
पाइएका माइक्रोब्याक्टेरिया लगायतका विभिन्न विषयहरु
एकआपसमा जुधाएर यस अध्ययनको नतिजा सार्वजनिक गरिएको
हो ।
अध्ययनका अनुसार मानिसको शरिरमा लगभग १ सय टिलियन
माइक्रोअर्गानिज्म हुन्छन् ।



यस माईक्रोअर्गानिज्मको मुख्य
काम हाम्रो खानालाई पचाउने, शरिरका लागि आवश्यक
एन्जाइम्स र न्यूटिएट्स बनाउने र विभिन्न किटाणूको रोकथाम गर्ने
हो । हाम्रो मुखमा मात्रै ७ सय प्रजातिका विभिन्न ब्याक्टेरिया
हुन्छन् । यस्ता ब्याक्टेरियाको काम हाम्रो पाचन प्रणालीसँग
जोडिएको हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.