-->
ड्राइभर सुतेको बेला बाँदरले चलायो बस
Advertisement

अब मानिसले गर्ने काम उसको पुर्खाले
पनि गर्यो त के फरक पर्यो भन्नुहोला ।
तर भारतको उत्तरप्रदेशमा बाँदरले बस
चलाएर साँच्ची नयाँ रेकर्ड नै कायम
गरेको छ ।भारतको उत्तरप्रदेशस्थित
बरेली सहरमा बाँदरले यस्तो काम गर्यो
की सबै मानिस तिनछक पर्नुको
विकल्प रहेन ।पार्किंगमा
रोकिराखेको उत्तर प्रदेश राज्य निगम
परिवहनको बसलाई बाँदरले स्टार्ट मात्र
गरेन, गिएर लगाएर गुडायो पनि । अनि
गुडाएर अरु दुइवटा बसमा लगेर
ठोक्काउने काम पनि गर्यो ।
पार्किंगमा रहेको बसभित्र जंगली
बाँदर एकाएक छिरेर गाडी स्टार्ट गरी
गुडाएको हो । बाँदरले गुडाएको
गाडीले अरु बसलाई ठक्कर दिन थालेपछि बसका
ड्राइभर तत्कालै बाँदरलाई लखेटे र गाडी
नियन्त्रणमा लिन सफल भए ।
समाचार अनुसार बसको चाँबी घुसार्ने ठाउँमै छाडेर
बसका चालक बसको पछाडिको सिटमा गएर सुतेका
थिए । चालक सुतेको मौका पारेर बाँदर बसको
झ्यालबाट भित्र छिर्यो र ड्राइभर बस्ने सिटमा बसेर
चाँबी घुमाएपछि बस स्टार्ट भैहाल्यो ।बस स्टार्ट
हुँदाको आवाजले ड्राइभरको निद्रा खुल्यो । हेर्दा
त आफ्नो सिटमा बाँदर बसिरहेको छ । उनी तत्कालै
चिच्याए र दौडिएर अगाडि आउन थाले । बाँदर पनि
आत्तिएर बाहिर भाग्दा बसको गिएर दबिएछ र
ड्राइभर अगाडि आएर बस नियन्त्रणमा लिन नपाउँदै
दुइवटा अरु बसमा ठोक्किइसकेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.