-->
किन मोटाए सरकारी कर्मचारी ? ९४ प्रतिशत मोटोपनाका सिकार
Advertisement

विश्वको सबैभन्दा मोटो देश कुन हो ?
यहाँ भुगोलका हिसाबले मोटो भन्न
खोजिएको होइन, सबैभन्दा धेरै मोटा
मानिसहरु बस्ने देश भन्न खोजिएको हो
। सायद तपाइँलाई थाहा छैन होला ।
विश्वमा सबैभन्दा धेरै जनता मोटा
भएको देश टोँगा हो । प्रशान्त
महासागरीय टापु देश टोँगामा ८८.३
प्रतिशत महिला तथा ८३.५ प्रतिशत
पुरुष मोटोपनाको सिकार छन् । अर्थात्
सय जनामा झण्डै ८५ जना जनताको
जिउ आवश्यकता भन्दा बढि मोटो छ ।
समग्र जनताको मोटोपनाको प्रतिशत
प्रतिशतको हाराहारीमा भएपनि
सरकारी कर्मचारीहरु भने त्यो भन्दा निकै धेरै मोटा
छन् । टोँगामा ९४ प्रतिशत कर्मचारीहरु मोटा छन् ।
टोँगाको एक अस्पतालले हालै गएको सर्भेक्षणले ८४
प्रतिशत टोँगाली कर्मचारीहरु मोटोपनाबाट
ग्रसित रहेको देखाएको छ ।
भियोला अस्पतालले यस्तो सर्भेक्षण गरेको थियो ।
तयारी गाइको मासुको प्रयोग बढ्दै जानु, सन्तुलित
भोजन तथा व्यायाममा ध्यान नदिनु जस्ता
कारणहरुले गर्दा टोँगाली जनता तथा
कर्मचारीहरुमा मोटोपना महारोग जस्तै बनिरहेको
छ।हुनत जनता मोटाउँदै जाँदा सरकार सुतेर बसेको
चाहीँ छैन । मोटोपना घटउनका लागि सरकारी
तवरमै विभिन्न जनचेतनामूलक विज्ञापन अभियान,
सामूहिक योगा कार्यक्रम, शारीरिक सुगठन
लगायतका खेलकुद प्रतियोगिताको आयोजना समेत
गर्ने गरिएको छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.