-->
हामीलाई बाडुली लाग्ने कारण त यस्तो पो रैछ जानी राखौ काम लाग्छ
Advertisement

सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु
लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र
अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो
छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको
झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो
फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा
त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन
मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ ।
त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने
त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो
स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ ।
बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका
मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले
गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो
मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई
बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई
नेपाली भाषामा ‘बाडुली लागेको’ भनिन्छ ।
बाडुली सामान्यतया केही मिनेट रहन्छ र
पछि आफैं ठीक पनि हुन्छ । तर
कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ ।
केही गरी हामीलाई २४
घण्टाभन्दा बढी समयसम्म बाडुली
लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर
कारणहरु पनि हुन सक्छन् र हामीले तुरुन्तै
चिकित्सकको सल्लाह लिनुपर्दछ ।
बाडुली किन लाग्छ ? यसको जवाफ अझै
वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् तर बाडुली
लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा
पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति
र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । तर
ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत
हामीलाई बाडुली लाग्न सक्छ ।
त्यसो त, प्राचीन कालमा सबै प्राणी र
मानिससमेत पानीबाट विकसित भएर जमिनमा आएको र
त्यसबेला गिलले सास फेर्नुपर्ने प्राकृतिक नियमको अवशेषको रुपमा
बाडुली रहेको मान्नेहरु पनि वैज्ञानिक जगतमा छन् ।
विशेष गरि फ्रान्सका अनुसन्धानकर्ताहरुका अनुसार
बाडुली लाग्नुको रहस्य हाम्रो जीव
विकाशक्रमको कुरासँग जोडिएको छ र यसले के संकेत गर्छ भने
मानिसको प्राचीन पुर्खा पनि कुनै बेला समुद्रबाटै उत्पति
भएको जीवबाट विकास भएको हो ।
त्यसैले उनीहरुको विश्वास अनुसार बाडुली
भनेको तिनै समुद्रमा बस्ने जीवको अवशेष हो । जुन
बेला उनीहरु फोक्सोको माध्यमबाट नभई फुल्काको
माध्यमबाट सास फेर्ने गर्थे । पछिल्लो समय पेरिसको अस्पतालमा
क्रिस्चियन स्ट्राउसको नेतृत्वमा रहेका वैज्ञानिहरुको एक
टोलीले गरेको दाबी अनुसार
बाडुलीकै जस्तो प्रक्रियाले पानीमा बस्ने र
फुल्काको मद्दतले सास फेर्ने जीवहरुको फुल्काको
प्वाललाई खोल्ने र बन्द गर्ने क्रियालाई नियन्त्रण गरिरहेको हुन्छ ।
बाडुलीले हाम्रो जीवनमा कुनै कारण र
महत्व राख्दैन । बाडुली लाग्दैमा शरीरलाई
खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै
नोक्सान पनि गर्दैन । यही कारणले गर्दा
बाडुली किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै
अन्यौलमा पारेको छ । यसबारे अझै अनुसन्धान जारी नै
छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.