Advertisement
![]() |
यौन सम्बन्ध व्यक्तिको रुचि, अवस्था र समयमा भर पर्दछ । तर हरेक
यौनसम्बन्धमा सकेसम्म महिला र पुरुष दुबैले सामान्य
केही कुरामा भने ध्यान दिनुपर्दछ । यौनको सोझो सम्बन्ध
व्यक्तिको मन अर्थात् भावनासँग जोडिएको हुन्छ । जैविकियरुपमा
जतिसुकै इच्छा जागेको भएपनि वातावरणले थप प्रभाव पार्दछ ।
एकजनालाई इच्छा लागेको छ भन्दैमा अर्कोलाई पनि लाग्छ नै भन्न
सकिन्न । त्यसैले यौनक्रिडालाई परस्परमा आपसी मन र
भावनाको सम्बन्धका रुपमा समेत लिइन्छ ।
प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् ।
तर
पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान
पु९याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष
ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र
चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत
पुयाउँछ ।
सम्भोगक्रिया थाल्नुअघि नुहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु
राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी
प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई
कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु
बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा,
गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ ।
साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको
लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि
कामोत्तेजना बढ्छ । सम्भोगक्रिया थाल्नुभन्दा पहिला
बीचबीचमा स्नेहगर्दै यौन साथीलाई
मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन
अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा
बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै
लैजानु पर्छ ।
सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक
जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव
हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई
सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया
अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो
सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...