-->
काभ्रे बस दुर्घटना उद्धारमा खटियो नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर, काठमाडौं विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा सक्दो share गर्नुहोस
Advertisement

काभ्रेको बिर्तादेउराली-९ खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।हेलिकोप्टरले घाइतेहरुलाई काठमाडौं विमानस्थल ल्याइ पुर्याउनासाथ अस्पताल लैजानका लागि विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी गृहमन्त्रालयले गराएको छ ।
गृह मन्त्रालयका अनुसार बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ  र करिव तीन दर्जन बढी घाइते भएका छन् ।  घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर घटनास्थल पठाइएको छ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। गृह प्रवक्ता यादवप्रसाद कोइरालाले घाइते सबैलाई हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थानमा राख्न निर्देशन दिइएको बताए।source:khabarsotantra.blogspot.co.il/


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.