काभ्रे बस दुर्घटनाः प्रत्यक्षदर्शी भन्छन्- ३०-३५ जनाको लाश भेट्यौं, लाशको टाउको पनि छैन
Advertisement
![]() |
काभ्रे बस दुर्घटनाः
प्रत्यक्षदर्शी भन्छन्- ३०-३५ जनाको लाश भेट्यौं, लाशको टाउको पनि छैन काभ्रेमा बस दुर्घटनाः प्रत्यक्षदर्शी भन्छन्- घाइतेलाई बचाउन मुस्किल छ ३१ साउन, काठमाडौं ।काभ्रेमा बस दुर्घटना हुँदा ठूलो हताहती भएको छ । सोमबार दिउसो काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस विर्ता देउवारीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।दुर्घटनामा चालक र सहचालक सहित कम्तिमा ४० देखि ४५ जनाको मृत्यु भएको घटनास्थलमा रहेका स्थानीय रुपेश सेडाइले नेपाली हेडलाइन्सलाई जानकारी दिए ।
उनले घाइतेहरुको अवस्था दर्दनाक रहेको र उनीहरुलाई हेलिकोप्टर नआए सम्म बचाउन नसकिने अवस्था रहेको समेत उनले बताए । बस सडकबाट २०० मिटर तल खसेर क्षत विक्षत अवस्थामा रहेको छ ।
दुर्घटनास्थलबाट एम्बुलेन्स अस्पताल पुग्न कम्तिमा ३ घण्टा लाग्ने जानकारी सेडाइले दिएका छन् ।
बालुवाटारमा भिड भएपछि प्रचण्डको अर्को बोल्ड निर्णय घटनास्थलमा लाशै लाशः लाशको टाउको पनि देखिँदैन रुपेशले आफूहरु पुग्दा घटनास्थलमा चालक र सहचालक सहित ४०-४५ जनाको लाश देखेको बताए । जताततै लाश र घाइते हरु देखेको भन्दै उनले आफूहरु अत्तालिइरहेको समेत बताए । अहिले सम्म घटनास्थलबाट ३० जना घाइतेलाई उद्दार गरिएको छ । तर उनीहरुलाई हेलिकोप्टर नआए सम्म बचाउन सकिने अवस्था नरहेको उनले बताए । उनले भने, “लाश देखिन्छ तर टाउको छैन । प्रहरी भर्खर आइपुगेको छ । म आउँदा घाइतेहरु चिच्चारहेको थिए । घाइतेहरुलाई लिन हेलिकप्टर पुगेको छैन । आउने भनेको पनि छैन । एम्बुलेन्स २ वटा आइपुग्यो । एम्बुलेन्समा देउली बनेपा आइपुग्न २ घण्टा लाग्छ” ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...